शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मुख्यमन्त्री राउतकाे लाचारी– उत्‍खनन् विरोधीको हत्‍या हुँदा पनि मूकदर्शक बनेका छौं

मुख्यमन्त्री राउतकाे लाचारी– उत्‍खनन् विरोधीको हत्‍या हुँदा पनि मूकदर्शक बनेका छौं

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खोलामा हुने अवैध उत्खनन्‌को विरोध गर्नेको दिनदहाडै हत्या हुँदा पनि आफूहरु मूकदर्शक बनेर बस्नुपरेको भन्दै लाचारी व्यक्त गरेका छन् ।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खोलामा हुने अवैध उत्खननको विरोध गर्नेको दिनदहाडै हत्या हुँदा पनि आफूहरु मूकदर्शक बनेर बस्नुपरेको भन्दै लाचारी व्यक्त गरेका छन्। प्रहरी प्रशासन अझै संघीय सरकार मातहत रहेकोले यस्ता तत्वहरुलाई प्रदेश सरकारले केही गर्न नसकेको राउतको भनाइ छ।

triton college

नीति अनुसन्धान प्रतिष्ठान, परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले मंगलबार जनकपुरमा आयोजना गरेको जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य विषयक सम्वाद कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

‘बालुवा क्रसर उद्योगले खुलेआम चुरे दोहन गरिरहेका छन्, दिनहुँ वन विनास भइरहेको छ, रोक्ने प्रयास गर्नेहरुको दिनदहाडै हत्या भइरहेको छ तर, हामी मूकदर्शक बन्नुबाहेक अरु केही गर्न सकेका छैनौं,’ राउतले भने, ‘प्रहरी प्रशासन हाम्रो मातहत छैन, संघीय सरकार मातहत रहेको प्रहरी प्रशासनले अपराध रोक्न सकेको छैन, यो भन्दा ठूलो दुर्भाग्य अरु के हुनसक्छ?’

राउतले तलदेखि माथिसम्मको सेटिङमा जलवायु परिवर्तनको दुष्प्रभाव निम्त्याउने खेल भइरहेको आरोपसमेत लगाएका छन्। विकासको नाममा चुरे र वनजंगल विनास गर्ने काम भइरहेको बताउँदै मुख्यमन्त्री राउतले भने, ‘अहिले नेताहरु चुरे विनास गरेर धमाधम सडक निर्माण गराइरहेका छन्। त्यसको दुष्प्रभाव तराई मधेशमा पर्ने निश्चित छ। तराई–मधेशलाई मरुभूमि बनाउने काम तत्काल रोकिनुपर्छ।’

प्रकृतिमाथि भइरहेको अतिक्रमणकै कारण प्रकृतिले पनि मानव जातिलाई दण्डित गर्ने काम गरिरहेको उल्लेख गर्दै राउतले प्रकृतिमाथिको अतिक्रमण तत्काल नरोकिए ठूलो विनाश निम्तनसक्ने चेतावनी दिए।

corrent noodles
Metro Mart

सभा–गोष्ठी गरेर जलवायु परिवर्तन नरोकिने बताउँदै उनले आफ्नो समस्या पहिल्याउनुपर्ने स्थानमा विदेशीको समस्यालाई सभा–गोष्ठीमा केलाउने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए। चुरे दोहन र वन विनासले नेपालमा प्राकृतिक विपद् निम्त्याएको उल्लेख गर्दै राउतले चुरे दोहन र वन विनास रोक्न कदम नउठाएर सभासम्मेलनमा समय खर्चिनु दुर्भाग्यपूर्ण रहेको बताए।

सम्बन्धित समाचारहरु

खाेला दाेहनकाे विरोध गरेपछि टिपरले किचेर युवकको हत्या

क्रसरका डनसँग ५० हजार सुपारी लिएर दिलीपको हत्या

ओमप्रकाशको मृत्युपछि गाउँ नै शोकमा

दिलिप हत्या प्रकरण : ढल्केबरका इन्स्पेक्‍टरलाई जिल्ला झिकाइयो

दिलिप हत्याको निष्पक्ष छानबिन गरः मानव अधिकार आयोग

प्रदेश २ सरकारले दिलीपको परिवारलाई पाँच लाख रूपैयाँ दिने 

संसद्‍मा पुग्यो दिलिप हत्या प्रकरण

प्रकाशित: Jan 14, 2020| 18:01 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।