शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतीय नागरिक !

पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतीय नागरिक !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
 
कान्तिपुर र अन्नपूर्ण पोस्ट्ले विप्लव समुहका नेता कुमार पौडेल प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगले निकालेको निष्कर्षलाई मुख्य समाचार बनाएका छन् । पौडेल मुठभेडमा मारिएको नभइ प्रहरीले पक्राउ गरेर हत्या गरेको आयोगको निष्कर्ष छ ।

नागरिक दैनिकले नेपालकै पहिलो सुरुङमार्गको शिलान्यास  भएको विषयलाई मुख्य समाचार बनाएको छ । २.७ किमि लामो सुरुङमार्गको निर्माण कार्य ४२ महिनामा सकिने भनिएको छ भने यो बनेपछि नागढुंगादेखि  सिस्नेखोलासम्मको हालको सडक दुरी करिब ४ किमि छोटो हुने छ ।

यस्तै आजको अन्नपूर्णले डीभिका कारण राहदानी बनाउनेको संख्या ह्वात्तै बढेको विषयलाई प्राथमिकताका साथ छापेका छन् । डीभी भर्दा राहादानी नम्बर अनिवार्य गरेपछि राहादानी बनाउन एकै दिनमा ३ हजार निवेदन पर्न थालेको छ । 

आजको नयाँ पत्रिकाले भने पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको खुलासा गरेको गरेको छ ।

उसले यसै खबरलाई मुख्य समाचार बनाउँदै लेखेको छ– नेपालका पूर्वगृहराज्यमन्त्री तथा बहालवाला सांसद उत्तर प्रदेश, महाराजगन्जको कलेज सञ्चालक समितिको अध्यक्षमा विजयी हुँदै आफू गोरखपुरनिवासी भएको प्रमाण जुटाएर शपथ खाएका छन् । उनको विषयमा अनुसन्धान गर्न अख्तियारको निर्देशनमा सिआइबीको टोली गोरखपुर खटिएको छ । 

पूर्वगृहराज्यमन्त्री कँडेल भारतीय नागरिक

नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ । 

भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । उनले भारतीय नागरिककै रूपमा शपथ पनि खाएका छन् । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा नेपाल प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको छ । 

उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्षका लागि कँडेल चुनाव लडेका थिए । सन् २०१६ मा भएको चुनावमा उनी असफल भए पनि गत वर्ष भएको चुनावमा भने उनी निर्वाचित भएका थिए । 

निर्वाचित भएलगत्तै हिन्दी भाषामा शपथ खाँदा कँडेलले आफू भारतको ३३ कसाया रोड, बेतिया हाता, जनपद गोरखपुरको बासिन्दा भएको व्यहोरा उल्लेख गरेका छन् । आफूले दिएको विवरण गलत भए भारतको संविधानअनुसार कारबाही भोग्न तयार रहेको स्वघोषणा पनि उनले शपथमा गरेका छन् ।

कँडेल आफैँले भारतीय नागरिक घोषणा गरेर उत्तरप्रदेशको कलेज सञ्चालक समितिको अध्यक्षका रूपमा शपथ खाएको विषयमा अख्तियारमा उजुरी परेको छ । 

अख्तियारले यो विषयमा अनुसन्धान गर्न निर्देशन दिएपछि नेपाल प्रहरीको सिआइबीले अनुसन्धान टोली खटाएको छ । सिआइबीको टोली स्थलगत अनुसन्धान गर्न गोरखपुर पुगेर फर्किएको छ । कँडेलले भारतीय नागरिकका रूपमा भारतीय कानुनअनुसार शपथ खाएको प्रमाण पनि भेटेको छ । 

कुमार पौडेल मृत्यु प्रकरण : ‘भिडन्त होइन फेक इन्काउन्टर’

कान्तिपुरमा प्रकाशित समाचारअनुसार मानव अधिकार आयोगले नेत्रविक्रम चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको निष्कर्ष निकाल्दै घटनामा संलग्न प्रहरीलाई कारबाही सिफारिस गरेको छ । 

आयोगले आदेश दिने उच्च प्रहरी अधिकारीमाथि छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रहरीबाट दाबी भएजस्तो दोहोरो भिडन्त वा आत्मरक्षाको स्थिति कतैबाट पुष्टि नभएको र घटनाको प्रकृति तथा संकलित प्रमाणसमेतबाट पौडेललाई नियन्त्रणमा लिएर मारेको देखिएको आयोगले जनाएको छ। प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपछि ९ राउन्ड गोली हानेको आयोगले उल्लेख गरेको छ।

आयोगका पदाधिकारीहरूको सोमबार बसेको बैठकले आफ्नो अनुसन्धान टोलीको स्थलगत छानबिन प्रतिवेदनका आधारमा घटनामा प्रत्यक्ष रूपमा संलग्न तथा कमान्डरसमेत रहेका प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साह, प्रहरी हवल्दारद्वय श्रीविनोद साह र सत्यनारायण मि श्रलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।