शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • यमनबाट डा. केसीको चेतावनी– बीएन्डसीको सम्बन्ध प्रक्रियाविरुद्ध फर्कनेबित्तिकै सत्याग्रहमा बस्छु

यमनबाट डा. केसीको चेतावनी– बीएन्डसीको सम्बन्ध प्रक्रियाविरुद्ध फर्कनेबित्तिकै सत्याग्रहमा बस्छु

‘चिकित्सा शिक्षा आयोगका पदाधिकारीको अडानविपरीत अयोगको बैठक बोलाएर जबर्जस्ती अवैध सम्बन्धनको प्रक्रिया अघि बढाइयो भने म नेपाल फर्कनासाथ त्यस्तो हर्कतविरुद्ध सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छु।’
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले झापाको बीएन्डसी मेडिकल कलेजलाई गैरकानुनी रूपमा सम्बन्धन दिने प्रक्रियाविरुद्ध आफू फेरि सत्याग्रहमा बस्ने चेतावनी दिएका छन्। डा. केसीले यमनको मरिबबाट विज्ञप्ति प्रेषित गर्दै यस्तो चेतावनी दिएका हुन्। उनले प्रधानमन्त्री केपी ओलीका आर्थिक र राजनीतिक साझेदार दुर्गा प्रसाईंको मेडिकल कलेजलाई गैरकानुनी रुपमा सम्बन्धन दिलाउन ओलीले नै अनेक हथकण्डा अपनाएको आरोप लगाएका छन्। 

triton college

‘प्रस्तावित बीएन्डसी मेडिकल कलेजले २०७३ सालयता आशयपत्र नवीकरण गरेको छैन। अस्पताल सञ्चालन भए पनि शिक्षण संस्थाका रुपमा उक्त संस्थाको कानुनी अस्तित्व शून्य छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अर्कोतिर त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले यसअगाडि नै पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिइसकेका कारण चिकित्सा शिक्षा ऐनअनुसार थप मेडिकल कलेजलाई सम्बन्धन दिन सकिँदैन।’ 

‘चिकित्सा शिक्षा आयोगका पदाधिकारीको अडानविपरीत अयोगको बैठक बोलाएर जबर्जस्ती अवैध सम्बन्धनको प्रक्रिया अघि बढाइयो भने म नेपाल फर्कनासाथ त्यस्तो हर्कतविरुद्ध सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छु।’

उनले निजी मेडिकल कलेजलाई अवैध सम्बन्धन प्रक्रिया अघि बढाए सत्याग्रह गर्ने चेतावनी दिएका छन्। डा. केसीले भनेका छन्, ‘चिकित्सा शिक्षा आयोगका पदाधिकारीको अडानविपरीत अयोगको बैठक बोलाएर जबर्जस्ती अवैध सम्बन्धनको प्रक्रिया अघि बढाइयो भने म नेपाल फर्कनासाथ त्यस्तो हर्कतविरुद्ध सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छु।’

डा. केसीले अभियानका मिडिया संयोजक प्रितम सुवेदीमाथि भौतिक आक्रमणको धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। सञ्चालक प्रसाईंले संयोजक सुवेदीमाथि भौतिक आक्रमणको धम्की दिनु नागरिकमाथि हुने राज्य आतंकको नमुना भएको डा. केसीको विज्ञप्तिमा उल्लेख छ। सञ्चालक प्रसाईंले मिडिया संयोजक सुवेदीलाई टेलिफोनमा धम्की दिएको अडियो सार्वजनिक भएपछि डा. केसीले त्यसको निन्दा गरेका छन्। डा. केसी हाल द्वन्द्वग्रस्त मुलुक यमनका ग्रामीण बस्तीमा स्वास्थ्य उपचारका खटिएका छन्।

corrent noodles
Metro Mart

प्रकाशित: May 24, 2021| 12:22 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।