बिहीबार, कात्तिक १३, २०८२

नेपालले दियो नेदरल्याण्ड्सलाई २३९ रनको लक्ष्य

कुशल भुर्तेल र कुशल मल्लको उत्कृष्ट व्याटिङमा नेपालले नेदरल्याण्ड्सविरुद्ध २३८ रनको स्कोर खडा गरेको छ।
 |  शनिबार, वैशाख ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ११, २०७८

काठमाडौं- कुशल भुर्तेल र कुशल मल्लको उत्कृष्ट व्याटिङमा नेपालले नेदरल्याण्ड्सविरुद्ध २३८ रनको स्कोर खडा गरेको छ। टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो हालसम्मकै उच्च स्कोर हो।

Kumaribank

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी ट्राइ नेशन टी–ट्वेन्टी सिरिजमा नेपालले ठूलो स्कोर खडा गरेको हो। नेपालले पुरै ओभर खेल्दै ३ विकेट गुमाएर यो स्कोर खडा गरेको हो। 

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७७ रनको अर्धसतकीय पारी खेले। उनले ५३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे।

त्यस्तै कुशल मल्लले २४ बलमा २ चौका र ५ छक्काको मद्दतमा अभिजित ५० रन जोडे। दीपेन्द्र सिंह ऐरी अभिजित ४८ रनको योगदान दिन सफल भए। उनले १८ बलको सामना गर्दा ५ चौका र ३ छक्का प्रहार गरे।

त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ रन जोड्दा आसिफ शेखले ८ बलमा १६ रन बनाए। जारी उपाधि भिडन्तमा नेदरल्याण्ड्स जवाफी ब्याटिङका लागि मैदान उत्रिएकाे छ।

Metro Mart

प्रकाशित: Apr 24, 2021| 09:22 शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।