शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिका विवादित दुई विज्ञप्ति वेबसाइटमा पुन: राखियो, प्राविधिक समस्या भएको प्रतिक्रिया

राष्ट्रपतिका विवादित दुई विज्ञप्ति वेबसाइटमा पुन: राखियो, प्राविधिक समस्या भएको प्रतिक्रिया

राष्ट्रपति कार्यालयको वेबसाइटमा नदेखिएका विवादित दुई विज्ञप्ति कार्यालयले पुन: राखेको छ। कार्यालयको वेबसाइटबाट शुक्रबार राति जारी भएका दुवै प्रेस विज्ञप्ति केही समय अगाडि बेवसाइडमा थिएनन्। 
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं - राष्ट्रपति कार्यालयको वेबसाइटमा नदेखिएका विवादित दुई विज्ञप्ति कार्यालयले पुन: राखेको छ। कार्यालयको वेबसाइटबाट शुक्रबार राति जारी भएका दुवै प्रेस विज्ञप्ति केही समय अगाडि बेवसाइडमा थिएनन्। 

triton college

‘प्रधानमन्त्री नियुक्ति सम्बन्धमा’ र ‘प्रतिनिधि सभा विघटन गरी अर्को  प्रतिनिधि सभाको निर्वाचन मिति तोक्नु भएको’ शीर्षकमा राखिएका दुवै विज्ञप्ति राष्ट्रपति कार्यालयको वेबसाइटमा पाइएको थिएन।

दुवै विज्ञप्ति क्रमशः जेठ ७ गते राति २३:३८ र जेठ ८ गते बिहान ०१:४९ मा प्रकाशित भएका थिए। नागरिकले 'कू' को सं‌ज्ञा दिइरहेका विज्ञप्ति हट्नुलाई आश्चर्य मानिएको थियो।

तर, राष्ट्रपति कार्यालयले नेपाल समयसँग विज्ञप्ति हटेको कुरा स्वीकार्दै प्रविधिक समस्या भएको जनाएको छ।

कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले प्रविधिक समस्याका कारण जेठ महिनाका विज्ञप्ति हटेको प्रतिक्रिया दिँदै त्यसलाई अन्यता नलिन आग्रह गरे। उनले अहिले विज्ञप्ति अपडेट भइसकेको जानकारी दिए। कार्यालयको प्राविधिक टिमले उक्त सूचना पाउने वित्तिकै हटेका विज्ञप्तिलाई पूर्ववत् रुपमा अपडेट गरेको उनले नेपाल समयलाई जानकारी दिए।

corrent noodles
Metro Mart

प्रकाशित: May 23, 2021| 04:23 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।