शनिबार, वैशाख १५, २०८१

रामकुमारी झाँक्री गिरफ्तार

प्रतिनिधिसभाकी सदस्य एवं नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई उनकै निवासबाट प्रहरीले गिरफ्तार गरेको छ। 
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौं– प्रतिनिधिसभाकी सदस्य एवं नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई उनकै निवासबाट प्रहरीले गिरफ्तार गरेको छ। 

triton college

झाँक्रीलाई राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ को कसुरको अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने भन्दै पुर्जी लिएर बिहीबार उनको निवास शंखमुल पुगेको थियो। 

निवास वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। पक्राउको विरुद्ध दाहाल–नेपाल समूहका विद्यार्थी निवास बाहिर नाराबाजी गरिरहेका छन्। 

झाँक्रीले गोरखामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन्।

उनले भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु र! बडामहारानीले चुनाव हुन्छ भन्‍नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्‍वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे। त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ।’

corrent noodles
Metro Mart

सामाजिक सञ्जालमा झाँक्री पक्राउको तीव्र विरोध

 

प्रकाशित: Feb 11, 2021| 07:18 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।