मंगलबार, वैशाख २५, २०८१

माघबाट चल्ने भयो रेल, भारतबाट २६ कर्मचारी आउने

रेल मार्गको आवश्यक मर्मत, कर्मचारीलाई तालिम र सफ्टवेयरको काम सकिएसँगै माघबाट रेल चलाउने तयारी भएको हो ।
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं- भारतबाट करिब ३ महिनाअघि नेपाल ल्याएको रेल माघबाट सञ्चालनमा आउने भएको छ । 

triton college

रेल मार्गको आवश्यक मर्मत, कर्मचारीलाई तालिम र सफ्टवेयरको काम सकिएसँगै माघबाट रेल चलाउने तयारी भएको हो । भारतले निर्माण गरेको संरचना १५ देखि २० दिनमा तयार भएपछि रेल चलाउने तयारी भएको रेल्वे कम्पनीले जनाएको छ । 

जयनगर कुर्था रेलमार्गमा रेल चलाउनका लागि गत असोज महिनामै रेल ल्याइएको थियो । तर, कोरोनाको महामारी कम नभएका कारणले तीन महिनादेखि पालले छोपेर राखिएको थियो । 

रेलमार्गको मर्मत र कर्मचारीलाई तालिम दिन बाँकी रहेका कारणले पनि रेल सञ्चालमा आउन सकेको थिएन् । रेल्वे कम्पनीले रेल चलाउने ज्ञान भएका दक्ष २६ जना भारतीय कर्मचारी ल्याउन लागेको छ । नेपालमा रेलसम्बन्धी अनुभव भएका जनशक्ति नभएकाले भारतीय कर्मचारी करारमा ल्याउन लागिएको कम्पनीले जनाएको छ । 

यस्तै रेल्वे कम्पनीमा यसअघिका झण्डै ६० जना अस्थायी कर्मचारी र १२ जना स्थायी कर्मचारी पनि काममा खटिने भएका छन् । ती कर्मचारी कम्पनी बन्द भए पनि कम्पनीमा रहेका थिए ।

corrent noodles
Metro Mart

सरकारले यस रेलमार्ग बर्दिवाससम्म पुग्ने र पूर्वपश्चिम रेलमार्ग पनि बर्दिवास जाने भएकाले त्यहाँ पुगेर जोड्ने योजना लिएको छ ।

प्रकाशित: Dec 28, 2020| 04:25 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।