शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • गण्डकीका अधुरा योजनालाई चार अर्ब दिने प्रधानमन्त्रीको प्रतिबद्धता 

गण्डकीका अधुरा योजनालाई चार अर्ब दिने प्रधानमन्त्रीको प्रतिबद्धता 

पोखरा– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उत्पन्न विवाद समाधानको प्रयासका लािग काठमाडौं गएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
 |  सोमबार, कात्तिक २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०७७

पोखरा– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उत्पन्न विवाद समाधानको प्रयासका लािग काठमाडौं गएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। प्रम निवास बालुवाटरमा भएको भेटमा समसामयिक राजनीतिक भलाकुसारीसँगै मुख्यमन्त्रीले गण्डकीका लागि बजेटसमेत माग गरेका थिए। 

triton college

संघले हस्तान्तरण गरेका तर बजेट नआएका आयोजनाका लागि मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग बजेट माग गरेका हुन्। त्यस अनुसार प्रम ओलीले गण्डकीका लागि यस वर्ष झन्डै ४ अर्ब रुपैयाँ निकासाको प्रतिबद्धता जनाएको मुख्यमन्त्री गुरुङले जानकारी दिए। 

खानेपानीका वर्षाैं पुराना योजनाका लागि १ अर्ब ५ करोड रुपैयाँ, ४३ वटा विशेष खानेपानी आयोजनाका लागि ५२ करोड ८७ लाख, १९ वटा सिँचाइका आयोजनाका लागि १८ करोड ५० लाख, ५० वटा सडक पुलका लागि ३० करोड ५१ लाख र जनता आवास कार्यक्रमका लागि ९० करोड रुपैयाँ चाहिएको मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई सुनाएका थिए। ‘प्रधानमन्त्रीले ती सबैका लागि आवश्यक बजेट यसै वर्ष पठाउने प्रतिबद्धता गर्नुभयो,’ मुख्यमन्त्री गुरुङले भने। 

सीमित आम्दानीको स्रोत भएको प्रदेश सरकारले दीर्घकालीन महत्वका यी आयोजना सञ्चालनका र निरन्तरताका लागि संघ सरकारलाई घच्घच्याएको छ। मुख्यमन्त्री गुरुङले यसअघि संघीय अर्थमन्त्री विष्णु पौडेललाई भेटेर पनि बजेट व्यवस्था गरिदिन आग्रह गरेका थिए। संघ सरकारले ससर्त अनुदान दिने गरी हस्तान्तरण गरेका आयोजनाका लागि बजेट नआएपछि मुख्यमन्त्री काठमाडौं धाएका हुन्। 

संघीयता कार्यान्वयनसँगै प्रदेश सरकारले काम थालेपछि संघले गण्डकी सरकारलाई दर्जनौं आयोजना हस्तान्तरण गरेको थियो। आयोजना जिम्मामा आए पनि बजेट नआएपछि प्रदेश सरकारलाई टाउको दुखाइ बनेको थियो । प्रदेशको आफ्नै आम्दानी छैन । स्थानीयस्तरमा उठेको राजस्व बाँडफाँटबाट आउने राजस्व थोरै हुन्छ । जुन आम्दानीले यति धेरै आयोजना सञ्चालन गर्न कठिन छ । 

corrent noodles
Metro Mart

सम्बन्धित समाचार 

संघबाट योजना आयो, बजेट आएन


 

प्रकाशित: Nov 09, 2020| 02:16 सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।