शुक्रबार, वैशाख १४, २०८१

नेपाल समयकर्मी जियालाल पुरस्कृत

जियालाल साहको वीरगन्जस्थित गण्डक कोभिड अस्पतालको आईसीयूमा एक बिरामीले अर्का बिरामीलाई अक्सिजन लगाउँदै गरेको तस्बिर दोस्रो भएको छ।
 |  बिहीबार, कात्तिक ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ६, २०७७

काठमाडौं– तन्नेरी चासोले आयोजना गरेको ‘कोरोना र जनजीवन’ फोटो प्रतियोगिताको उपाधि गुल्मीकी बबिता कुँवरले जितेकी छन्। 

triton college

कुँवरको बन्द स्कुलमा चियाउँदै गरेको बालकको तस्बिरले प्रतियोगिताको पहिलाे पुरस्कार जित्न सफल भएको हो। उनले ३० हजार नगद पुरस्कार पाएकी छन्। 

यसैगरी जियालाल साहको वीरगन्जस्थित गण्डक कोभिड अस्पतालको आईसीयूमा एक बिरामीले अर्का बिरामीलाई अक्सिजन लगाउँदै गरेको तस्बिर दोस्रो भएको छ। साह नेपाल समयका लागि वीरगन्जबाट रिपोर्टिङ गर्छन्। उनले २५ हजार नगद पाएका छन्। 

केशवराज थोकरको लकडाउनका बेला कलंकीमा ट्रक चढेर आफ्नो घरतर्फ जान तँछाडमछाड गर्दै गरेको तस्बिर तेस्रो भएको छ। थोकरले २० हजार रुपैयाँ नगद पाए। 

कोरोना भाइरसको महाव्याधिले पारेको प्रभाव र नियन्त्रणका लागि भइरहेको प्रयास, फेरिएको जीवनशैलीसम्बन्धी दैनिकीलाई तस्बिरका माध्यमबाट समेट्ने उद्देश्यका साथ फोटो पत्रकार क्लबको सहकार्यमा तन्नेरी चासोले ‘कोरोना र जनजीवन’  फोटो प्रतियोगिता आयोजना गरेको थियो।

corrent noodles
Metro Mart

प्रतियोगितामा देशभरबाट ३८ जना फोटोग्राफरका ४५० वटा तस्बिर प्राप्त भएको थियो।

एजेन्सी फ्रान्स प्रेस, नेपालका फोटो पत्रकार प्रकाश माथेमाको अध्यक्षता रहेको निर्णायक मण्डलमा समाजशास्त्री तथा नीति विश्लेषक प्रेम सापकोटा र अन्नपूर्ण पोस्टका फोटो सम्पादक एवं फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्की थिए। निर्णायक मण्डलले विजेतासहित उत्कृष्ट ५० तस्बिर छानेको थियो।

निर्णायक मण्डलका अध्यक्ष माथेमाले प्रतियोगितामा आएका सबै फोटो राम्रो रहेको बताए। समाजशास्त्री सापकोटाले राम्राबाट  उत्कृष्ट र उत्कृष्टबाट सर्वोत्कृष्ट फोटो छानिएको बताए। 

निर्णायक मण्डलका सदस्य विकास कार्कीले निर्णायकको भूमिका सजिलो नभएको बताउँदै ‘थिम’ अनुसारका उत्कृष्ट तस्बिर छनोट गरिएको बताए। उनले भने, ‘नेपाली फोटोग्राफरहरूको ‘थिम’ अनुसारको फोटो छान्ने क्षमतामा अझै सुधार गर्नुपर्ने देखिन्छ।’

प्रतियोगितामा प्राप्त फोटोमध्ये विजेतासहित उत्कृष्ट ५० फोटो र तेस्रो राउन्डसम्म पुग्न सफल फोटोको भर्चुअल प्रदर्शनी गरिने आयोजक संस्थाले जनाएको छ।

पहिलाे पुरस्कार प्राप्त तस्बिर
दाेस्राे पुरस्कार प्राप्त तस्बिर
तेस्राे पुरस्कार प्राप्त तस्बिर

 

प्रकाशित: Oct 22, 2020| 06:48 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।