काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमण देखिएमा काठमाडौंका ४८ जना, भक्तपुरका १ जना र ललितपुरका ४ जना छन्।
योसहित काठमाडौंमा ३३७ जना, भक्तपुरमा ५२ जना र ललितपुरमा ८९ जनामा काेराेना संक्रमण भएकाे छ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप ३११ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने संक्रमितको कुल संख्या १९ हजार ६३ पुगेको छ।
पछिल्लो २४ घण्टामा १२१ डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुनेको कुल संख्या १३ हजार ८७५ पुगेको छ।
हाल सक्रिय संक्रमित ५ हजार १३९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन्।