शुक्रबार, वैशाख १४, २०८१

पत्रकार संक्रमित भएपछि रेडियो स्टेसन बन्यो आइसोलेसन

रेडियोमा कार्यरत सञ्चारकर्मीमा कोरोना भाइरस संक्रमण भएपछि यहाँको एउटा रेडियो स्टेसन नै आइसोलेसन केन्द्र बनेको छ
 |  मंगलबार, भदौ ९, २०७७

जियालाल साह

जियालाल साह

मंगलबार, भदौ ९, २०७७

पर्सा- रेडियोमा कार्यरत सञ्चारकर्मीमा कोरोना भाइरस संक्रमण भएपछि यहाँको एउटा रेडियो स्टेसन आइसोलेसन केन्द्र बनेको छ। सञ्चारकर्मीले त्यहींबाट सूचना प्रवाह गरिरहेका छन्।

triton college

वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएममा कार्यरत पाँच जना सञ्चारकर्मी आइतबार एकैपटक संक्रमित भएका थिए। तर उनीहरुले स्टेसन बन्द नगरी आफ्नो जिम्मेवारी पूरा गर्दै आएका छन्।

संक्रमित सञ्चारकर्मीको साहस देखाएर काममा निरन्तर जुटेपछि प्रसारण बन्द गर्नु नपरेको रेडियोका अध्यक्ष गोविन्द देवकोटाले बताए।

यसअघि स्टेसन प्रमुख क्रान्ति शाहसँगै तीनजना सञ्चारकर्मीमा कोरोना संक्रमण भएको थियो।

उनीहरु कोरोनामुक्त भई होम आइसोलेसनमा छन्।

corrent noodles
Metro Mart

थप पाँच जना सहकर्मी संक्रमित हुँदा रेडियो सञ्चालन गर्न सक्ने अवस्था नरहे पनि संक्रमित साथीहरूको सहमतिमा सूचना सम्प्रेषण गर्ने कामलाई निरन्तरता दिन सकिएको देवकाेटाले बताए।

उनले सहकर्मी साथीहरुले बरु रेडियो स्टेसनलाई नै आइसोलेसन बनाउने तर सूचना प्रवाहलाई निरन्तरता दिने निर्णयमा पुगेपछि प्रसारण बन्द नगरिएको बताए।

यस्तो जटिल परिस्थिति सामना गर्दै आइसोलेसनमा रहेका र होम क्वारेन्टिनमा रहेका साथीहरुले आफ्नो जिम्मेवारी पूरा गरिरहेको उनको भनाइ छ।

पर्सामा ३१ जना आईसीयूमा, थप ३३ जनामा कोरोना संक्रमण

प्रकाशित: Aug 25, 2020| 21:37 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।