सोमबार, वैशाख २४, २०८१

भारत, यूपीमा फेरि लकडाउन

कोरोना संक्रमितको संख्यामा तिव्र वृद्धि हुँदै गएपछि भारतको उत्तर प्रदेश (यूपी)मा फेरि लकडाउन घोषणा गरिएको छ।
 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

कोरोना संक्रमितको संख्यामा तिव्र वृद्धि हुँदै गएपछि भारतको उत्तर प्रदेश (यूपी)मा फेरि लकडाउन घोषणा गरिएको छ।

triton college

यूपीमा शुक्रबार रातिदेखि सोमबार विहानसम्मका लागि मात्र लकडाउन गरिएको हो।

प्रदेश सरकारको आदेश अनुसार लकडाउन अवधिमा सबै सहरी र ग्रामिण क्षेत्रका बजार, हाट, कार्यालय र सार्वजनिक यातायात बन्द रहनेछन्। अस्पताल र अन्य अत्यावश्यक सेवाका कार्यालय र पसल भने खुल्नेछन्। लकडाउन अवधिमा मालवाहक सवारी साधनको आवागमनमा रोक लाग्ने छैन। त्यसैगरी रेल सेवा पनि सुचारु पनि रहनेछ।

उत्तर प्रदेश सरकारका अनुसार ११ देखि १२ जुलाईसम्म प्रदेशमा सफाई र स्वच्छता एवम् खाने पानी आपूर्तिको वृहद अभियान सञ्चालन हुनेछ।
उत्तरप्रदेशमा संक्रमितको ३१ हजार नाघेको छ भने यिमध्ये करिब २१ हजार कोरोनामुक्त भइसकेका छन्। त्यस्तै संक्रमणका कारण ८४५ जनाको ज्यान गएको छ।

भारतमा कुल संक्रमितको संख्या ७ लाख ६७ हजार नाघेको छ भने मृतकको संख्या २१ हजार १२९। यद्यपि, कुल संक्रमितमध्ये पौने पाँचलाख भन्दा धेरै संक्रमणमुक्त भइसकेका छन्।

corrent noodles
Metro Mart

विश्वभरमा संक्रमितको संख्या एक करोड २० लाख नाघेको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच लाख ४८ हजार नाघेको छ।

प्रकाशित: Jul 09, 2020| 23:05 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।