शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • कोरोनाको कहर : चीनमा ४१ जनाको मृत्यु, नेपालमा पनि देखियो संक्रमण

कोरोनाको कहर : चीनमा ४१ जनाको मृत्यु, नेपालमा पनि देखियो संक्रमण

चीनमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ। यस्तै कोरोनाबाट १ हजार २ सय ८७ जना संक्रमित रहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
 |  शनिबार, माघ ११, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ११, २०७६

काठमाडौं - चीनमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ। यस्तै कोरोनाबाट १ हजार २ सय ८७ जना संक्रमित रहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

triton college

चीनमा तिब्र गतिमा फैलिरहेको यो भाइरसको संक्रमणका कारण अन्य २ सय ३७ जना नाजुक अवस्थामा रहेका छन्।

चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमणका कारण उक्त प्रान्तमा ३९ जनाको मृत्यु भएको छ भने हेवेइ प्रान्तमा एकजना यस्तै हेइलङजियाङ प्रान्तमा एकजनाको मृत्यु भएको छ।

चीनसहित अन्य देशमासमेत यसको प्रकोप फैलिएको छ। हालसम्म थाइल्याण्डमा चारजना, जापान, कोरिया, अमेरिकामा, भियतनाम र फ्रान्समा दुई/दुईजना तथा सिंगापुरमा तीनजना र नेपालमा एक जनामा यसको संक्रमण पाइएको छ।

कोरोना भाइरस झनै फैलने भन्दै चीन सरकारले १३ वटा शहरमा यातायातमा रोक लगाएको छ। बुहानका त्यहाँका बस, रेल, विमानस्थल, होटल, रेस्टुरेन्ट बन्द गरिएका छन्। भाइरस संक्रमण फैलिएपछि यसले विश्वव्यापी रूप लिने भन्दै चिन्ता व्यक्त गरिएको छ। तर, विश्व स्वास्थ्य संगठनले भने यसले विश्वव्यापी रूप लिने खतरा नभएको जनाएको छ।

corrent noodles
Metro Mart

कोरोनाभाइरसको सङ्क्रमण भएपछि ज्वरो आउँछ र त्यसपछि सुख्खा खोकी लाग्छ। केही हप्तापछि सास फेर्न गाह्रो हुन्छ।

के हो नयाँ भाइरस ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले देखा परेको नयाँ भाइरस कोरोना भाइरसको एउटा प्रकार हो । रुघाखोकी लाग्ने र गम्भीर श्वासप्रश्वास प्रणलीमा संक्रमणजस्ता लक्षण देखिने यो भाइरस सार्सको नजिक रहेको अनुसन्धानकर्मीले बताएका छन् ।

यो नयाँ भाइरसको संक्रमण हुँदा सामान्य रूघाखोकीका लक्षण देखा पर्छन्। असर गम्भीर भए मृत्यु पनि हुन सक्छ। उक्त भाइरसले कतिपय बिरामीमा न्यूमोनिया हुने गर्दछ, यो वर्ष चीनमा मृत्यु भएका मानिस न्यूमोनियाले ग्रस्त थिए ।

कोरोना भाइरस जूनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो । यो भाइरस कुनै एक प्रजातिको जीवबाट अर्को प्रजातिमा सर्ने अनुसन्धाताहरू बताउँछन्। यसरी सर्दैसर्दै यो मान्छेसम्म पुग्छ। यो कसरी र कस्तो अवस्थामा सर्दै आउँछ भन्नेबारे हालसम्म कुनै जानकारी छैन।

नयाँ भाइरसको 'जेनेटिक कोड' विश्लेषणबाट यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरू कोरोना भाइरसको तुलनामा धेरै भएको पत्ता लागेको छ। यो कोरोना भाइरसकै एक प्रकार 'सार्स' जत्तिकै शक्तिशाली भएको बताइएको छ।

सार्सबाट चीनमा सन् २००२ मा ८ हजारभन्दा बढी मान्छे यसबाट संक्रमित थिए। ७७४ जनाको मृत्यु भएको थियो।

प्रकाशित: Jan 25, 2020| 10:03 शनिबार, माघ ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।