शुक्रबार, वैशाख १४, २०८१

हिँड्नै कठिन काठमाडौंका सडक

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले चुनाव जितेलगत्तै काठमाडौंलाई स्मार्टसिटी बनाउने घोषणा गरेका थिए।
 |  शुक्रबार, कात्तिक २२, २०७६

ज्योति अधिकारी

ज्योति अधिकारी

शुक्रबार, कात्तिक २२, २०७६

काठमाडौं- काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले चुनाव जितेलगत्तै काठमाडौंलाई स्मार्टसिटी बनाउने घोषणा गरेका थिए।

triton college

चुनाव जितेको दुई वर्ष बिते सक्दासम्म शाक्यको घोषणा घोषणामै सीमित भयो। भरपर्दो सार्वजनिक यातायात स्मार्ट सिटीको एउटा मापदण्ड हो। सडककै कारण राजधानीको यातायात उति सहज छैन।

सडक धुलाम्मे छ। कतिपय ठाउँमा मर्मतका नाममा लामो समयसम्म त्यत्तिकै छाडिएको छ। भत्काइएका संरचना व्यवस्थित नगरिँदा, सडक व्यापार, झुन्डिएका तार आदिका कारण सवारी जाम प्रमुख समस्या बनेको छ।

सवारी जामका कारण कतिपय ठाउँमा सवारीमा जानुभन्दा पनि हिँडेरै चाँडो पुग्न सकिन्छ। त्यसैले पैदल यात्रा गर्न रुचाउने मानिस धेरै छन्। तर पैदल यात्रुलाई पनि कहाँ सजिलो छ र?

आपसमा ठेलिँदै हिँड्नु, बाटो नपाउनु, सडकका व्यापार आदिले निकै सकस हुन्छ। अध्ययन, रोजगारी र व्यवसाय गर्न काठमाडौं भित्रिनेको संख्या दिनानुदिन बढ्दो छ ।

corrent noodles
Metro Mart

काठमाडौंकी रश्मि पौडेललाई सवारी जाम र सार्वजनिक यातायातको कोचाकोच अवस्थाले गर्दा आधा घण्टामै पुग्न सकिने यात्रामा हिँडेरै पुग्न मन लाग्छ। तर पैदल यात्रा गर्न पनि सकस हुने उनी बताउँछिन्। पैदल यात्रा गर्दा पनि कहिले मानिससँग ठोकिने, कहिले सडक पेटीमा हुने व्यापारले गर्दा हिँड्ने बाटो नहुने जस्ता समस्याले उनी दिक्क हुन्छिन्।

महानगरपालिकाले सडक पेटीमा गरिने व्यापार निषेध गरे पनि पूर्णरुपमा हट्न सकेको छैन। दिनहुँजसो महानगर प्रहरीले सडक व्यापार रोक्न र पार्किङ व्यवस्थापनका लागि कदम चाले पनि यसले सफलता पाउन सकेको छैन।

महानगरपालिकाको अनुगमन टोली आउँदा फुटपाथका सामान लुकाउने र टोली जानेबित्तिकै पुनः सडकपेटीमै सामान राखी व्यापार गर्ने प्रवृत्ति नदेखिएको होइन। यसरी सडकपेटीमा गर्ने व्यापारका कारण पनि पैदलयात्रीलाई सकस पर्ने गरेको छ।

चितवन घर भई हाल बानेश्वरमा बस्दै आएकी सीर्जना बस्नेत पैदल यात्रा गर्न मन पराउँछिन्। स्वास्थ्यका लागि चिकित्सकले पनि हिँड्ने सल्लाह दिएपछि भ्याउनेजति हिँडेरै आवतजावत गर्न चाहन्छिन् उनी।

सडकमा थुपारीएका गिट्टी र बालुवाले हिँड्न गाह्रो हुने उनी बताउँछिन्। बाटोमा हिँडिरहँदा आफूले बोकेका सामान हराउन गरेको अनुभव छ उनको ।

भरियादेखि बटुवा, ठेला चालक, दृष्टिविहीन सबैका लागि एउटै बाटो हुँदा ठेलमेल हुँदै हिँड्नुपर्ने बाध्यता छ।

अपांगता भएकालाई झनै समस्या

बालबालिका वा फरक शारीरिक क्षमता भएका मानिसलाई त झनै समस्या हुने गरेको छ। दृष्टिविहीन नवीना चौलागाईँ भन्छिन्, ‘दृष्टिविहीनका लागि केही स्थानमा बाटो बनाइए पनि त्यो पर्याप्त छैन। दृष्टिविहीनकै लागि बनाइएको बाटो नाम मात्रैको छ।’

दुर्घटना बढ्दै

उपत्यकामा हुने सवारी दुर्घटनामध्ये ४५ प्रतिशत पैदलयात्रीको मृत्यु हुने गरेको छ। प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार सवारी चालकको मनोमानी, अव्यवस्थित पार्किङ, आकासेपुल तथा जेब्राक्रसको प्रयोग नगर्नाले पनि दुर्घटना बढ्दै गएको हो।

शौचालय अभाव

उपत्यकामा यात्रा गर्ने मानिसलाई ठूलो समस्या छ शौचालयको। सार्वजनिक स्थानमा पर्याप्त शौचालय छैनन् भने भएका शौचालय पनि प्रयोग गर्न लायक छैनन्। उपत्यकामा सार्वजनिक स्थानमा ५८ वटा सार्वजनिक शौचालय छन्। तीमध्ये आधा पनि प्रयोग गर्न लायक छैनन्।

बालाजुकी सरस्वती शर्मा भन्छिन्, ‘सार्वजनिक स्थानमा शौचालय नहुँदा निकै सकस हुन्छ। खाजा खाने बहाना बनाएर होटलमा शौचालय गर्न जानुपर्ने बाध्यता छ।’

अव्यावहारिक पिक एन्ड ड्रप

दुर्घटना न्युनीकरण र ट्राफिक जाम व्यवस्थित गर्न ट्राफिक प्रहरीले पिक एन्ड ड्रप नियम लागू गरे पनि पैदलयात्रु सन्तुष्ट छैनन्।

बालबालिका, वृद्धवृद्धा, अपांगता भएका मानिसलाई र गह्रौं सामान बाकेर हिँड्ने मानिसलाई पिक एन्ड ड्रप सिस्टमले दुःख मात्रै दिएको बताउँछन् । एउटा गाडीबाट ओर्लीएपछि गन्तव्यसम्म जान वा अर्को गाडीमा पुग्न सकस हुन्छ।

प्रकाशित: Nov 08, 2019| 10:38 शुक्रबार, कात्तिक २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।