शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दुर्घटनापछि जसले अस्पताल पुर्‍याए, उनैले मोटरसाइकल उडाइदिए

दुर्घटनापछि जसले अस्पताल पुर्‍याए, उनैले मोटरसाइकल उडाइदिए

युवकले शोहितलाई उनकै मोटरसाइकलमा राखेर नजिकैको चिरायु अस्पताल पुर्‍याए। अस्पताल पुगेपछि उपचार सुरु भयो। उनले मोटरसाइकलको साँचो माग्ने होस नै पाएनन्।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

काठमाडौं– काठमाडौं गल्फुटार बस्ने कञ्चनपुरका शोहितविक्रम शाही २०७४ फागुन ९ गते बसुन्धारामा मोटरसाइकल दुर्घटनामा घाइते भए।

triton college

घाइते अवस्थाका उनी आफैं मोटरसाइकल चलाएर अस्पताल पुग्न नसक्ने भएपछि नजिकै रहेका युवकसँग सहयोग मागे।

ती युवकले शोहितलाई उनकै मोटरसाइकलमा राखेर नजिकैको चिरायु अस्पताल पुर्‍याए। अस्पताल पुगेपछि उपचार सुरु भयो। उनले मोटरसाइकलको साँचो माग्ने होस नै पाएनन्।

यता ती युवक भने साढे चार लाखमा खरिद गरिएको शोहितको बा ७३ प ४२२७ नम्बरको केटीएम ड्यूक बाइक लिएर कुलेलम ठोके।

घाइते अवस्थामा अस्पतालसम्म पुर्‍याएर गुन लगाएका युवाले बदलामा मोटरसाइकल नै उडाइदेलान् भन्ने शोहितले कल्पनासमेत गरेका थिएनन्।

corrent noodles
Metro Mart

“म उपचार गराउन थालें उनी त मोटरसाइकल मात्र होइन, मेरो मोबाइल फोनसमेत लिएर भागेछन्,” आइतबार महानगरीय ट्राफिक महाशाखामा भेटिएका शोहितले भने।

दुई वर्षअघि चोरी भएको त्यही मोटरसाइकल प्रहरीले यसै साता पाटन मंगलबजारबाट फेला पार्‍यो। नक्कली नम्बर बा ८४ प ८३९३ राखिएको उक्त मोटरसाइकल आइतबार प्रहरीले शोहितको जिम्मा लगाएको छ।

०००
काठमाडौंको नयाँबजार बस्ने धादिङका बाबुराम कार्की गत मंसिर १९ गते बिरामी आफन्त भेट्न त्रिवि शिक्षण अस्पताल महाराजगन्ज गएका थिए।

भर्खरै सर्विसिङ गराएको बा ७८ प ७१९६ नम्बरको पल्सर मोटरसाइकल अस्पतालको पार्किङमा राखेर बिरामी भेट्न गएका उनी आधा घण्टापछि फर्किंदा मोटरसाइकल देखेनन्।

‘अस्पतालको सीसीटीभी फुटेज हेर्दा ६ बजेको ‘एन्टिलाईट’ परेकोले मोटरसाइकल चोरी गर्नेको अनुहार स्पस्ट देखिएन। तर, उनको मोटरसाइकल पनि यसै साता फेला पारेर प्रहरीले उनलाई बुझाएको छ।

आइतबार मोटरसाइकल लिन ट्राफिक महाशाखामा पुगेका कार्कीले भने, “एक हप्तासम्म त मोबाइलमा घण्टी बज्यो की ट्राफिक प्रहरीकै होला जस्तो लाग्थ्यो । पछि आशा मारिसकेको थिएँ।”

डल्लु बस्ने मोदनाथ सिलवालको मोटरसाइकल १७ पुस, विहीबार राति घरबाटै चोरी भयो। बा ७७ प ८८६८ नम्बरको उनको पल्सर मोटरसाइकल प्रहरीले दुई दिनमै कालिमाटीबाट फेला पार्‍यो।

सिलवालले भने, “चोरले ह्याण्डल लक तोडेर, तार समेत काटेर अटो स्टार्ट हुने बनाएको रहेछ।” हराएको तीन दिनमै मोटरसाइकल फेला पर्ला भन्ने उनले अपेक्षा नै गरेका रहेनछन्।

ट्राफिक प्रहरी महाशाखाले काठमाडौंका बिभिन्न स्थानबाट चोरी भएका २१ वटा मोटरसाइकल फेला पारेर आइतबार सम्बन्धितलाई बुझाएको छ।
तीमध्ये तीन वटामा नक्कली नम्बर प्लेट राखिएको थियो भने बाँकी सबै सक्कली नम्बर प्लेटमै चलिरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए। 

महाशाखाको तथ्यांक अनुसार चालू आर्थिक वर्षको हालसम्म ७९३ मोटरसाइकल चोरीका उजुरी परेकोमा प्रहरीले २११ मोटरसाइकल फेला पारेकाे छ।

तीमध्ये १३८ वटा सिधै र २३ वटा अनुसन्धान पछि सम्बन्धित व्यक्तिलाई बुझाइएको छ भने २९ चोरसहित १६ मोटरसाइकल आवश्यक कारवाहीको लागि प्रहरीको जिम्मा लगाइएको छ।

यो पनि पढौं: 

महान् वैज्ञानिक टेस्ला जो वेदान्तबाट प्रभावित थिए

प्रकाशित: Jan 05, 2020| 11:56 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।