काठमाडौं- जबरजस्ती करणीको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज जिल्ला अदालतमा उपस्थित गराइने भएको छ।
महरालाई थुनामा राख्ने अनुमति लिन अदालतमा उपस्थित गराउन लागिएको हो।
महरा संघीय सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणीको आरोपमा गत असोज १९ गते पक्राउ परेका थिए। तर, अदालतमा दसैं बिदा भएकाले उनलाई मंगलबार पहिलो पटक अदालत उपस्थित गराउन लागिएको हो।
महरालाई पक्राउपछि चार दिन महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको थियो।
गत बिहीबार सरकारी कार्यालय खुलेपछि उनलाई काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरु गरिएको थियो। बयानका क्रममा उनले आफू निर्दाेष भएको दाबी गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४