बिहीबार, वैशाख २७, २०८१

काठमाडौं सडक मानवमुक्त सहर घोषणा

काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रलाई आज (आइतबार) देखि सडकमानवमुक्त सहर घोषणा गरेको छ ।
 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रलाई आज (आइतबार) देखि सडकमानवमुक्त सहर घोषणा गरेको छ ।

triton college

महानगरपालिकाको रजत जयन्तीको अवसरमा मानव अधिकार तथा मौलिक हकको संरक्षण गर्ने र सुन्दर सहर निर्माण गर्ने उद्देश्यले काठमाडौंलाई सडकमानवमुक्त सहर घोषणा गरिएको महानगरपालिकाले जनाएको छ ।

‘भोकले कोही मर्दैनन्, भोको कोही पर्दैनन्’ भन्ने नारासहित महानगरपालिकाको अगुवाईमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, महानगरीय प्रहरी कार्यालय रानीपोखरी र मानवसेवा आश्रमको संयुक्त प्रयासमा काठमाडौंलाई सडक मानवमुक्त घोषणा गरिएको हो ।

महानगरपालिका, महानगरीय प्रहरी, जिल्ला प्रशासन र मानवसेवा आश्रमबीच भएको चौपक्षीय सम्झौतामा काठमाडौं महानगरपालिकाले आफ्नो नीति, स्थानीय कानुन, योजना, कार्यक्रम तथा बजेट तर्जुमा गर्दा मानवीयताको पृष्ठभूमिमा तर्जुमा गर्नुपर्नेछ ।

संघीय सरकार, प्रदेश सरकार तथा अन्य सम्बद्ध निकायहरुसँग आवश्यक समन्वय गर्ने/गराउने कार्य महानगरले गर्नेछ ।

corrent noodles
Metro Mart

त्यस्तै जिल्ला प्रसासन कार्यालय काठमाडौंले शान्तिसुरक्षामा सहजिकरण गर्ने, सम्भावित सहयोगापेक्षीलाई पुनर्मिलन गराउने काममा समन्वय गर्ने/गराउनेछ ।

महानगरीय प्रहरी कार्यालयले भने सडकमानवको उद्दार एवं पुनर्मिलनको लागि आवश्यक सहजीकरण र सुरक्षामा सहयोग गर्ने छ। सडकबाट उद्दार गरिएका मानिसको फोटो सहितको विवरण तयार गरी अभिलेख राख्ने काम पनि महानगरीय प्रहरी कार्यालयले गर्नेछ ।

सडकबाट उद्दार गरिएका मानिसहरुलाई आश्रय दिने काम भने मानवसेवा आश्रमले गर्ने सम्झौतापत्रमा उल्लेख छ।

सडकमानवमुक्त नेपाल बनाउने लक्षसहित २०५९ सालमा स्थापना भएको मानवसेवा आश्रमले २०८२ सालसम्ममा सडकमानवमुक्त नेपाल बनाउने लक्ष लिएको छ ।

आश्रमले यसअघि पनि भरतपुर महानगरपालिका र गोरखा नगरपालिकालाई सडकमानवमुक्त सहर घोषणा गरिसकेको छ ।

पहिलो चरणमा सडकमा मागेर गुजारा चलाउने व्यक्तिको पहिचान गरी बालाजुस्थित महानगरपालिकाको भवनमा राखिनेछ त्यसपछि पेशेवर मगन्ते र वास्तविक मगन्तेको पहिचान गरिने महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

पेशेवरलाई पुन माग्न नपाउने भन्दै चेतावनी दिने र वास्तविक मगन्तेलाई मानवसेवा आश्रममा राखिने उनले बताए।

घरबार विहिन, वेसाहारालाई आश्रममा राखिने र तीमध्ये पनि परिवार पहिचान हुनसक्नेलाई परिवारमा पुनर्मिलन गराईने मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।

घोषणापश्चात १५ दिनसम्म दैनिक सडक आश्रितहरुको उद्धार तथा व्यवस्थापन गरिने र त्यसपछि हप्तामा २ दिन सामुहिक उद्धार गरिने महानगरपालिकाले जनाएको छ।

कुनैपनि मानिस वेसहारा, तथा खुल्ला आकासमुनी रात विताएको देखेमा जो कसैले पनि नजिकैको वडा कार्यालय, प्रहरी, महानगरपालिका वा मानवसेवा आश्रममा खवर गर्न मेयर विद्यासुन्दर शाक्यले आग्रह गरेका छन्।

घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले घोषणाहरु चुनौतिपूर्ण हुने बताए। उनले महानगरको काममा संघले हस्तक्षेप नगरी समन्वय गर्ने बताए।

उनले जनप्रतिनिधिहरुलाई शासकीय अहंकार नदेखाउन पनि आग्रह गरेका थिए।

संवन्धित समाचार:

माग्‍न नपाइने सहर काठमाडाै‌ ! मुक्ति पाइएला त माग्‍नेबाट ?

प्रकाशित: Dec 15, 2019| 11:40 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।