शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आलम आतंक : जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडे

आलम आतंक : जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडे

शनिबार काठमाडौंबाट प्रकाशित भएका अधिकांश राष्ट्रिय दैनिकले शुक्रबार जिल्ला अदालत रौतहटले पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन्।
 |  शनिबार, कात्तिक ३०, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ३०, २०७६

काठमाडौं – शनिबार काठमाडौंबाट प्रकाशित भएका अधिकांश राष्ट्रिय दैनिकले शुक्रबार जिल्ला अदालत रौतहटले पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन्।

triton college

नयाँ पत्रिकाले भने अदालतको आदेश लगत्तै जिल्ला न्यायाधीश दीपक ढकाल र वकालग गर्ने फणिन्द्रराज कटवालले सुरक्षाका कारण जिल्ला छोडेको प्रसंगलाई प्रमुखताका साथ प्रकाशन गरेको छ।

आलमआतंक : जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडे

आफैंले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएका युवाहरुलाई जिउँदै इँटाभट्टामा हाल्ने मोहम्मद अफताब आलमको आतंक कुन हदसम्म छ? १२ वर्षपछि उनलाई जेल पठाउने न्यायाधीशको मनस्थितिले पनि यो बयान गर्छ। पूर्पक्षकालागि आलमलाई जेल पठाउने न्यायाधीश दीपक ढकालले रौतहटबाट आफूलाई तत्काल सरुवा गर्न न्यायपरिषद्लाई आगह गरेका छन्। आदेश दिएलगत्तै शुक्रबार साँझ नै उनले जिल्ला छाडेका छन्। आलमविरुद्ध बहस गर्ने जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) फणीन्द्रराज कटवाल पनि सरुवाको माग गर्दै शुक्रबार नै रौतहटबाट हिँडेका छन्।

अदालतमा बहस चल्दै गर्दा जाहेरवाला र साक्षीलाई धम्की दिने, बन्धक बनाउने र बयान फेर्न लगाउने आलमले न्यायाधिवक्ता र न्यायाधीशलाई समेत विभिन्न माध्यमबाट त्रासमा पारेका थिए। आलमका पक्षमा आदेश नआए जेसुकै हुनसक्ने धम्कीसमेत आएको थियो। आलमले भारतबाट भाडाका अपराधीसमेत जिल्लामा खटाएको सूचनापछि ढकाल र कटवालले हतारहतार जिल्ला छाडेका हुन्।

corrent noodles
Metro Mart

यसैबीच अदालतमा बहस चलिरहेका बेला गत मंगलबार दिउँसो रौतहटको मठिया प्रहरी चौकीमा बम प्रहारसमेत भएको थियो। राज्य संयन्त्रलाई आतंकित बनाउने योजनाकासाथ आलमले नै बम हान्न लगाएको प्रारम्भिक विश्लेषण गरिएको छ।

रौतहटमा राख्न जोखिम भएकाले आलमलाई नख्खु कारागार चलान गरिएको छ। (नयाँ पत्रिका)

अन्नपूर्ण पोस्टले को हुन् आलम शिर्षकमा लेखेको छ, राजपुर फरदवाका ५७ वर्षीय मोहम्मद अफताव आलम काका सेख इद्रिसको प्रभावबाट राजनीतिमा लागेका हुन्। बीएस्सीसम्म अध्ययन गरेका आलम रौतहट क्षेत्र नम्बर २ मा कांग्रेसका तर्फबाट चारपटक सांसद पदमा विजयी भएका थिए।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका उनी २०५४ सालमा भौतिक योजना तथा निर्माण सहायकमन्त्री, २०५७ मा वनमन्त्री, २०५८ मा भूमि सुधार र २०६५ मा श्रम तथा यातायातमन्त्री भएका थिए। आलम नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा रौतहट जिल्लाका पूर्वसभापति हुन्।

तस्बिर स्रोत : अन्नपूर्ण पोष्ट
तस्बिर स्रोत : अन्नपूर्ण पोस्ट

आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

प्रकाशित: Nov 16, 2019| 01:10 शनिबार, कात्तिक ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।