जनकपुरधाम- विङ्गर जिप र अटो एकआपसमा ठोक्किँदा धनुषामा तीनजनाको मृत्यु भएको छ।
आइतबार साँझ जनकपुर–ढल्केबर सडक खण्डको क्षिरेश्वरनाथ नगरपालिका–४ मा विपरित दिशाबाट आउँदै गरेको विङ्गर र आटो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा परेर क्षिरेश्वर ३ बस्ने ७२ वर्षीय रामदेव साह, सिरहा जिल्ला बस्ने ४० वर्षीया रेखा यादवको घटनास्थलमा र क्षिरेश्वर नपा–४ बस्ने रोशन साहको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन्।
यसैगरी दुर्घटनामा धनुषा हंसपुर नगरपालिका बस्ने २२ वर्षीय संजय साह र गणेशमानचारनाथ नगरपालिकाकी २१ वर्षीया गीता पासवान घाइते भएको कार्कीले बाताएका छन्।
दुर्घटनामा घाइते भएका संजयको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
जनकपुरबाट ढल्केबरतर्फ गइरहेको ना १ ज ७०२२ नम्बरको विन्गर र ढल्केबरबाट जनकपुरतर्फ आइरहेको ज १ ह ४८९६ नम्बरको आटो ठोक्किंदा दुर्घटना भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४