बुधबार, कात्तिक १९, २०८२

तीन दिनमा १२ सयले बढ्यो सुनको मूल्य

 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६
Kumaribank
Metro Mart

काठमाडौं– तीन दिनमा सुनको मूल्य १२ सय रुपैयाँले बढेको छ। सुनचादी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ७२ हजार ८ सय पुगेको छ। आइतबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य पुरानो रेकर्डलाई पछ्याउँदै अघि बढेको छ। सोमबार प्रतितोला ७१ हजार ९०० र मंगलबार ७२ हजार २०० रुपैयाँ पुगेको छ। केही दिनअघि सुनको मूल्य प्रतितोला ७३ हजार ५ सयसम्म पुगेको थियो।

तर विस्तारै घटेर प्रतितोला ७० हजारसम्म आएको थियो । तर पुनः सुनको मूल्य बढ्न थालेको हो । सुनमा भन्सार मूल्य बढेपछि बजार मूल्यमा पनि चाप परेको सुनचाँदी महासंघले जनाएको छ ।

प्रकाशित: Dec 25, 2019| 06:42 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्