शुक्रबार, साउन २३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • धनुषा बम विस्फोट : उच्चस्तरीय छानबिन समिति बनाउन कांग्रेसको माग

धनुषा बम विस्फोट : उच्चस्तरीय छानबिन समिति बनाउन कांग्रेसको माग

तीन जनाको ज्यान जाने गरी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा भएको बम विस्फोट घटनाको छानबिन गर्न नेपाली कांग्रेसले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ।
 |  आइतबार, मंसिर २९, २०७६
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

vianetvianet

जनकपुरधाम- तीन जनाको ज्यान जाने गरी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा भएको बम विस्फोट घटनाको छानबिन गर्न नेपाली कांग्रेसले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ।

बम विस्फोटका पीडित परिवारलाई भेट गर्न महेन्द्रनगर पुगेका कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीलाई तत्काल कारबाहीको दायरमा ल्याउन माग गरेका हुन्।

साथै उनले बम विस्फोटमा परी घाइते भएकाहरुलाई उपचारको समूचित व्यवस्था र मृतकलाई तत्काल राहत उपलब्ध गराउन संघीय र प्रदेश सरकारसँग माग गरेका छन्।

पछिल्लो केही दिनयता प्रदेशभित्र शान्ति सुरक्षाको अवस्था बिग्रिँदै गएपनि प्रदेश सरकार यसतर्फ गम्भीर हुनसकेको भन्दै उनले आम नागरिकलाई अमनचैनको प्रत्याभूति गराउनतर्फ केन्द्रीत हुन ध्यानाकर्षण गराएका छन्।

शान्ति सुरक्षा कायमप्रति प्रदेश सरकार बेखबर रहेको भन्दै अब बस्ने प्रदेशसभा बैठकमा आफूहरु यस विषयमा कडाइका साथ प्रस्तुत हुने यादवले बताए।

Metro Mart

बम विस्फोटबाट मृत्यु भएका परिवारलाई भेट्न संसदीय दलका नेता यादवसहित क्षिरेश्वरनाथ नगरपालिकाक मेयर योगेन्द्र पजियार, कांग्रेस धनुषाका उपसभापति सन्तोष यादव, कांग्रेस नेता जीवनाथ चौधरीलगायतका व्यक्तिहरु महेन्द्रनगर पुगेका थिए।

शुक्रबार राती भएको बम विस्फोटमा घरधनी राजेश साह, उनका १५ वर्षीय छोरा आनन्द साह र प्रहरी निरीक्षक अमिर दहालको मृत्यु भएको छ।

प्रकाशित: Dec 15, 2019| 11:14 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।