शुक्रबार, साउन २३, २०८२

महरालाई थुनामै राखेर अनुसन्धान गर्न तीन दिनको समय थप

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
Metro Mart
काठमाडौं - संसद सचिवालयकै महिला कर्मचारीमाथि बलात्कार गरेको अभियोगमा थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धानका लागि अदालतले थप तीन दिनको म्याद दिएको छ।

काठमाडौं जिल्ला अदालतमा मंगलबार भएको वहसपछि महरामाथि अनुसन्धान गर्न अदालतले थप तीन दिनको म्याद दिइएको हो।

जिल्ला न्यायाधीश दिपक दाहालको ईजलासमा बहस भएको थियो। महराको तर्फबाट बरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले बहस गरेका थिए।  

सरकारी वकिलका तर्फबाट बहस गर्दै उमाकान्त पौडेलले महरालाई १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप गर्न माग गरेका थिए। उनलाई यसअघि नै १० दिन हिरासतमा राखिसकिएको छ। १९ गतेबाट १० दिनको समय सकिसकेको छ। अब तीन दिन मात्र बाँकी छ। 

संसद सचिवालयमा कार्यरत रोशनी शाहीलाई महराले असोज १२ गते बलात्कार गरेको जाहेरी परेपछि महरालाई १८ गते पक्राउ गरिएको थियो। महरालाई १ बजे अदालत पुर्‍याइएको थियो। प्रहरीले मंगलबार उनलाई नर्भिकबाट सिधै जिल्ला सरकारी वकिलको कार्यालय पेस गरेको थियो। सरकारी वकिलको कार्यालयमा थुनछेक बहस पछि  महरालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पेस गरिएको थियो।

पक्राउपछि महरा सिंहदरबार वृत्तमा प्रहरी हिरासतमा रहँदै आएका थिए। तर स्वास्थ्यमा गडबडी भएपछि उनी नर्भिक अस्पताल भर्ना भएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।