शुक्रबार, वैशाख १४, २०८१

सुरक्षा मापदण्ड नअपनाई परीक्षा गराएकोमा गगन थापाको आपत्ति

नेपाली कांग्रेसका नेता गगन थापाले वैकल्पिक माध्यमबाट परीक्षा गराउँदा पनि सुरक्षा मापदण्ड पालना नगरी भइरहेको बताएका छन्।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले वैकल्पिक माध्यमबाट परीक्षा गराउँदा पनि सुरक्षा मापदण्ड पालना नगरी भइरहेको बताएका छन्। 

triton college

बुधबार बिहान सामाजिक सञ्जाल मार्फत थापाले वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गरिनुपर्ने बताएका हुन्। ‘वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेका छन्,’ उनले भनेका छन्, ‘एउटै हलमा धेरै विद्यार्थी राख्दा हुने संक्रमणको जोखिम त छ नै संक्रमितलाई समेत छुट्टै व्यवस्था नहुँदा उनीहरू आफ्नो अवस्था लुकाइ परीक्षा दिन बाध्य छन्।’

उनले कोरोना संक्रमणको तेस्रो लहर आउने बताइएपछि परिक्षा संचालन गरेर जोखिम बढाइएको बताए। ‘एकातिर स्वास्थ्य मन्त्रालयले   तेस्रो लहरबारे बताइरहने अर्कोतर्फ यसरी परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहने कि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराऊ नत्र वैकल्पिक माध्यमबाट परीक्षा चलाऊ।तर,विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर,’ उनले भनेका छन्। यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएको उनको भनाइ छ। 

देउवाले यस विषयमा पहलकदमी लिने विश्वास दिलाएको उनले बताएका छन्। ‘यस बारेमा हिजो साँझ प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराएको छु। उहाँले यो विषयलाई गम्भिरताका साथ लिनुभएको छ र तत्काल पहलकदमी लिई ठोस निर्णय लिने कुराको विश्वास दिलाउनु भएको छ,’ उनले भनेका छन्।

प्रकाशित: Aug 11, 2021| 08:25 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्