शुक्रबार, वैशाख १४, २०८१

कंगनाको मर्णिकर्णिका : ‘द क्वीन अफ झाँसी’ को  ट्रेलर सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-  कंगना रनावतको मर्णिकर्णिका: ‘द क्वीन अफ झाँसिकी रानी’ को  ट्रेलर सार्वजनिक भएको छ। 

झाँसीकी रानीको रूपमा प्रस्तुत गरिएको रनावतको वीराङगनाको अवतारमा देखिएकी छिन्। झाँसीको रानी लक्ष्मीबाईको रोल निभाएकी छिन। यस फिल्म, इस्टइन्डिया कम्पनीको अतिक्रमण र त्यस समयमा,  झासिकी रानी लक्ष्मीबाईको वीरताको सेरोफेरोमा बनेको छ। 

ट्रेलरको २ मिनेटसम्ममा अमिताभ बच्चनको ब्याक ग्राउन्डमा आवाज दिएका छन्। जसमा मर्णिकर्णिकाको वर्णन गरेका छन्। यस बाहेक, कंगनाको तलवारबाज र घोडसवारीमा पनि भरपुर एक्सन दिएकी छिन् । 

२५ जनवरी २०१९ मा रिलिज हुने यस फिल्मले ऋतिक रोशनको ‘सुपर ३०’ सँग भिड्ने भएको छ। पूर्व प्रेमी-प्रेमिका समेत रहेका यी दुईको सम्बन्ध हाल भने खराब छ । एकअर्कालाई  सार्वजनिक रूपमा गाली गर्न समेत नछोड्ने यी दुईको फिल्म रिलिजमा कसले बाजी मार्ने हो, त्यो भने हर्ने बाँकी नै छ। 

एक सय ३० करोड बजेट लागेको यस फिल्मको लागि कंगनाले १० करोड पारिश्रमिक लिएकी छिन्। फिल्ममा भिएफ एक्सको लागि पनि १० करोड खर्च भएको छ । 
फिल्मका निर्देशक राधा कृष्ण जार्गलाकमुन्डी हुन्। फिल्मको स्किनप्ले बाहुबलीका राइटर विजयन्द्र प्रसादले गरेको छन्। जी स्टुडियोको ब्यानरमा बनेको यस फिल्मका निमार्ता  कमल जैन र निशान्त पिटी हुन्। हालका वर्षमा,  बलिउडमा ऐतिहासिक फिल्म निमार्ण हुन थालेको छन्। 

जसमा ‘थग्स अफ हिन्दुस्तान’ दीपावलीलाई रिलिज हुँदैछ भने बाहुबलीका दुवै सिक्वेलले उत्कृष्ट व्यापार गरेको छ। अब नारीप्रधान रहेको मर्णिकर्णिका : ‘द क्विनीको झासिकी रानी’ले दर्शकको कस्तो साथ पाउँछ त्यो भने रिलिज पछि नै थाहा हुनेछ।  

हिरो बिना पनि हिरोइन चल्न सक्छन् भन्ने धारणाको गतिलो उदाहरण हुन्, कंगना । बलिउडमा अभिनेताबिना फिल्म चलाउन सकाउने क्षमता भएको अभिनेत्रीमा गनिन्छिन् उनी। उनको बलिउड फिल्म इन्डस्ट्रीमा बेग्लै पहिचान छ। 

ट्रेलर 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्