बिहीबार, वैशाख २०, २०८१

झाडु बोकेर सडकमा निस्किए मुख्यमन्त्री

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम-प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आफै झाडु बोकेर सरसफाइ गरेका छन् । गान्धी जयन्तीको अवसर पारेर मंगलबार जनकपुरमा आयोजना गरिएको वृहत्त सरसफाइ कार्यक्रममा मुख्यमन्त्री राउत झाडु बोकेर सडक सरसफाइमा जुटेका हुन् ।

महात्मा गान्धी स्मृति प्रतिष्ठानको आयोजना तथा सेभ द हिस्टोरिकल जनकपुरको सहकार्यमा जनकपुरको भानु चोकदेखि मुरली चोकसम्म करिब तीन किलोमिटर सडक सरसफाइ गरिएको छ । 

मुख्यमन्त्रीदेखि नगर प्रमुखसम्म पटकपटक सरसफाइका लागि आफै झाडु बोकेर सडकमा आएपनि यहाँको फोहोर व्यवस्थापन हुन सकेको छैन् । प्रमुख सरोकारबला निकाय उपमहानगरपालिका कार्यालयले चासो नदिँदा जनकपुर सफा हुन नसकेको स्थानीयवासीको भनाइ छ । 

कुनै विशेष अवसरमा मात्र झाडु चलाएर जनकपुर सफा हुन नसक्ने र यसका लागि उपमहानगरपालिका कार्यालयले दीर्घकालीन योजना ल्याउनु पर्ने स्थानीय सुशील कर्ण बताउँछन् । यद्यपी विशेष अवसरहरुमा गरिने यस्ता कार्यक्रमहरुले सर्वसधारणका साथै सरोकारबलाहरुलाई जागरुक बनाउने काम गरेको उनको भनाइ छ ।

गान्धी जयन्तीको अवसरमा आयोजना गरिएको सरसफाइ कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले जनकपुर प्रदेशको राजधानीमात्र नभई हिन्दु धर्मावलम्वीहरुको आस्थाको केन्द्रसमेत रहेकोले सफा र स्वच्छ राख्न स्थानीयवासीलाई आग्रह गरे । जनकपुर सफा भए सकारात्मक सन्देश प्रभाह भएर धार्मिक पर्यटनमासमेत टेवा पुग्ने उनको भनाइ थियो ।

सरसफाइ कार्यक्रममा मुख्यमन्त्री राउतसहित सफाइ अभियन्ता तथा प्रदेशसभा सदस्य रामअशिष यादव, विभिन्न क्षेत्रका प्रवद्ध व्यक्ति, विभिन्न विद्यालयका विद्यार्थी, स्थानीय युवाहरुको सहभागिता रहेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।