शनिबार, वैशाख १५, २०८१

चन्द्रागिरिहिल्सलाई इनोभेटिभ अवार्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं–राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले चन्द्रागिरि हिल्स लिमिटेडलाई पहुँच युक्ततातर्फको इनोभेटिभ अवार्डबाट सम्मान गरेको छ। 

आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रमकाबीच माननीय महिलाबाल–बालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले उक्त सम्मान चन्द्रागिरि हिल्स लिमिटेडका तर्फबाट महाप्रवन्ध अभिषेक विक्रमशाहलाई प्रदान गरे ।

काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तब्य चन्द्रागिरि हिल्स परिसरका मुख्य संरचनाहरू अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा बालबालिका मैत्री बनाइएको छ। पहुँचयुक्तता प्रवद्र्धन गर्ने र्‍यामप, पदमार्ग, शौचालय, विधुतीय गाडी तथा व्हील–चियर लगायतका सुविधाले हजारौं पर्यटक तथा तीर्थयात्रुलाई ऐतिहासिक दर्शनीय तथा रमणीय स्थल भ्रमण गर्न सहज बनाएको छ ।

नेपालको पर्यटन प्रवद्र्धनमा यस्तो इनोभेटिभ कार्य गरेवापत चन्द्रागिरि हिल्स लिमिटेडलाई उक्त सम्मान प्रदान गरिएको आयोजक संस्था राष्ट्रिय अपाङ्ग महासंघले जनाएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघले पहिलोपटक प्रदान गरेको सम्मानबाट चन्द्रागिरि हिल्स लिमिटेड लगायत अन्य तीन संघ–संस्था सम्मानित भएका छन्। सम्मान कार्यक्रममा संक्षिप्त मन्तब्य राख्दै मन्त्री थापाले अपाङ्ग मैत्री संरचनानिर्माणमा चन्द्रागिरि एउटा नमुना परियोजना भएको बताइन । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्