शुक्रबार, वैशाख १४, २०८१

नेप्से दोहोरो अंकले ओर्लियाे, कारोबार आधा घट्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं–साताको अन्तिम दिन नेप्से दोहोरो अंक घटेको छ । शेयर बजारमा आएका अधिकांश समूहहरुको परिसूचक घट्दा समग्र नेप्से बजार १०.५६ अंक घटेको हो ।

परिसूचक १०.५६ अंक घटेर एक हजार २६७.१८ विन्दुमा पुगेको छ । ‘क’ वर्गको कम्पनीको सेन्सेटीभ इन्डेक्स समेत २.४९ अंक घटेर २६९.२३ विन्दुमा पुगेको  छ ।

बिहीबार १६९ कम्पनीको ६ हजार ६५७ कारोबारबाट २१ लाख  ९६ हजार ९२६ पटक शेयर खरिद बिक्री हुदा ५७ करोड ३८ लाख २० हजार ९६६ रुपैयाँको कारोबार भएको छ ।

बुधबार नेप्से परिसूचक २.३१ अंक घट्दा ९१ करोड ४६ लाख रुपैयाँ कारोबार भएको थियो ।


नेप्से बजारमा आएका दश समूह मध्ये सबैभन्दा बढी नन लाईफ इन्स्योरेन्स समूहको परिसूचक ६७.०२ अंक घटेको छ ।

त्यसपछि लाईफ इन्स्योरेन्स समूहको परिसूचक २९.०७, हाइड्रोपावर समूहको परिसूचक २१.६४, बैंकिङ समूहको परिसूचक १२.५७ अंक घटेको छ ।

विकास बैंक समूहको परिसूचक ३.८५, फाइनान्स समूहको परिसूचक ०.९६,  अन्य समूहको परिसूचक २.५७ र माइक्रोफाइनान्स समूहको परिसूचक ९.४६ अंक घटेको छ ।

यसैबीच होटल समूहको परिसूचक १३.०५ र उत्पादनमुलक समूहको परिसूचक २६.४७ अंक बढेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्