शुक्रबार, वैशाख १४, २०८१

कोकाकोलाको ‘मन खोलौ कोकसँग’ योजना सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं–कोकाकोलाले ‘सयौं सम्बन्धको कयौं भावना’ नाराका साथ नयाँ योजना ‘मन खोलौ कोकसँग’ सार्वजनिक गरेको छ । नजिकिएको चाडपर्वमा अझ उत्साह थप्ने उद्देश्यले कम्पनीले बुधबार राजधानीमा एक क्यम्पेन गरी उक्त योजना सार्वजनिक गरेको हो ।

कम्पनीले योजनाको स्लोगनको महत्व बुझाउदै भनेको छ, ‘हजारौं सम्बन्धहरुको अनगिन्ति भावनासँग कोक जोडिएको छ ।’

कम्पनीकाअनुसार योजनामा मुख्य गरी १६ विभिन्न मानवीय भावनाहरुलाई समेटिएको छ । जसमा माया, साथ, खुसी, रमाइलो, मित्रता, हौसला, श्रद्धा, मिलन, सहयोग, जमघट र हाँसो रहेको छ । 

कोकाकोला कम्पनीका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले हरेक व्यक्तिको जीवन र भावनालाई प्रभाव पार्ने अनन्य सम्बन्धहरुलाई आदर गर्न क्याम्पेन सञ्चालन गरेको बताए । ‘कोकको बोतलमा हुने लेबललाई यो दशैँको समयमा मानवीय भावनाहरुलाई पारिवारिक सम्बन्धको नियमिताको रुपमा अंकित गरिएको छ,’ उनले भने ‘पर्वको झल्को दिने विषयवस्तु तथा शब्दलाई सुनौलो बनाइ दिएको छ ।’

वोतलमा राखेका लेबलहरुले आफ्ना प्रियजनहरुमा उत्साह तथा भावनाहरु आदान प्रदान गर्ने अवसर उपलब्ध गराएको छ । आफ्ना ग्राहकहरुलाई मन परेको व्यक्तिसँग भावना बाड्न प्रोत्साहन गर्ने कम्पनीको भनाइ छ । ‘नेपाल भरका कोकाकोलाका ग्राहकहरुलाई चाडपर्वको समयमा अझ बढी स्पेशल बनाउनको लागि कम्पनीले पछिल्लो योजना सर्वजनिक गरेको हो’, कन्ट्री डाइरेक्टर सिंहले भने ।

कार्यक्रममा बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले दशैंमा नया क्याम्पियन घोषणा गर्न पाउदा खुसी भएको बताए । ‘सयौं सम्बन्धका कयौ भावना एउटा ट्याग लाईन मात्र नभई आफ्ना भावनाहरुलाई प्रस्तुत गर्ने तरिका पनि हो जसले सम्बन्धहरुलाई अझ मजबुद बनाउन सकिन्छ,’ उलने भने ।


क्यम्पेनमा प्रियंका कार्कीले आफ्नो ड्राइभरलाई सधै सहयोग गरेकोमा ‘सहयोग’ लेबल भएको कोकको बोतल दिएकी थिइन् । स्वस्तिमा खड्काले अफ्नो श्रीमान् निश्चल बस्नेतलाई ‘निश्चल मायाका लागि’ भन्ने कोकको बोतल दिएकी थिइन् ।

त्यस्तै बस्नेतले श्रीमती खड्कालाई ‘सुख दुखको साथको लागि’ लेबल भएको कोक दिएका थिए । कुटुम्बका ब्याण्ड मेम्बरहरुले एक अर्कालाई अटुट साथको लागि, नदेखिने हौसलाको लागि, सधै खुसि रहेकामा, रमाइला ती जमघटका लागि, चुलबुले मित्रका लागि, तिमी छौ हाँसो छ जस्ता लेबल भएका कोक एक–आपसमा बाडेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्