शुक्रबार, वैशाख १४, २०८१

धनुषाबाट हतियारसहित सात जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
फाइल तस्बिर

जनकपुरधाम-प्रहरीले धनुषाबाट हतियारसहित सात जनालाई पक्राउ गरेको छ । धनुषाको विदेह नगरपालिका ठाढी झिझाबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा विदेह नगरपालिका-१ का नरेश ठाकुर, श्यामसुन्दर ठाकुर र रविन्द्र ठाकुर, कमला नगरपालिका ८ का राजगीर महतो र सत्रुधन ठाकुर रहेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । पक्राउ परेका दुई जनाको नाम खुल्न नसकेको उनले बताए ।

उनीहरुको साथबाट दुई थान पेस्तोल र आठ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यसैगरी धनुषाकै नगराइन नगरपालिकाबाट प्रहरीले अवैध चाँदीसहित एक जनालाई नियन्त्रणमा लिएको छ । नगराईन नगरपालिका-२ डेवडिहाबाट प्रहरीले स्थानीय अजयकुमार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक थपलियाले जानकारी दिएका छन् । 

शंकाको आधारमा प्रहरीले चेकजाँच गर्दा उनको साथबाट चाँदी बरामद भएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि साहलाई चाँदीसहित भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।