शनिबार, वैशाख १५, २०८१

फर्निचर एक्स्पो सकियो, ७५ हजारले गरे अवलोकन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं–नेपाल फर्निचर तथा फर्निसिङ संघले आयोजना गरेको फर्निचर तथा फर्निसिङ एक्स्पो ७५ हजार बढीले अवलोकन गरेका छन् । सोमबार सकिएको एक्स्पोमा भएको व्यावर तथा अवलोकनकर्ताको बाक्लो उपस्थितीले आयोजक संस्था फर्निचर तथा फर्निसिङ संघलार्इ उत्साहित बनाएको जनाएको छ । 

दशैंलाई लक्षित गरेको एक्स्पोमा अवलोकनकर्ताले सामान बुकिङ गरेका थिए । संघका अध्यक्ष राजेशकाजी अग्रवालले  व्यापरका दृष्टिकोणले उत्साहजनक रुपमा सामानको बुकिङ भएको बताए । 

इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले ७५ हजार बढीले एक्स्पो अवलोकन गरेको बताए । फर्निचर एक्स्पोले आफुहरुलाई समेत उत्साहित बनाएको उनको भनाइ छ । 

प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्राण्डका सयभन्दा बढी कम्पनीहरु एक्स्पोमा सहभा थिए । एक्स्पोमा चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लिेरेन्सका साथै दशैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरु विक्री तथा बुकिङ गरिएको थियो ।

होम डेकोर विशेष बनाइएको एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्रीहरु अवलोकनकर्ताहरुको आकर्षण बनेका थिए । 
 
नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले विगत सन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्