शुक्रबार, वैशाख १४, २०८१

असोज २१ देखि नयाँ नोट कहाँ-कहाँ साट्न पाइन्छ ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- दशैंको लागि नेपाल राष्ट्र बैंकले असोज २१ गतेदेखि सर्वसाधारणलाई नयाँ नोट साट्ने व्यवस्था मिलाउने भएको छ। दशैंमा सर्वसाधरणले सहज रुपमा सानादेखि ठूला नोटको कारोबार गर्न सकुन भन्ने उद्देश्यले विगतदेखि नै सरकारले नयाँ नोट साट्ने व्यवस्था मिलाउँदै आएको हो।

यस दशैंमा पनि सर्वसाधरणसम्म नयाँ नोटको पहुँच पुर्‍याउने उद्देश्यले देशका विभिन्न प्रदेश, वित्तिय संस्थाहरु, विभिन्न बैंकका शाखा कार्यालयहरुमार्फत नयाँ नोट साट्ने व्यवस्था मिलाउन लागेको बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए। 

उनकाअनुसार आर्थिक कारोबार गर्न  राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० नोट साट्ने व्यवस्था मिलाउने हो । सर्वसाधरणले प्रतिव्यक्ति २७ हजार रुपैयाँ बराबरको नोट साट्न सक्नेछन् । गत वर्ष पनि नयाँ नोट साट्न पाउने कोटा यति नै थियो।

बैंककोअनुसार नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका विभिन्न १६ शाखा कार्यालयबाट समेत नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाइएको छ।

बैंककाअनुसार दशैंमा नेपाल बैंकका न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, किर्तिपुर र भक्तपुर कार्यालयबाट नयाँ नोट साट्न सकिनेछ। त्यस्तै राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार, नक्साल शाखा, गौशाला कृषि विकास बैंकको कोटेश्वर, रामशाहपथ, रत्नपार्क  र मंगलबजार शाखाबाट नयाँ नोट सटहीको व्यवस्था बैंकले मिलाइएको राष्ट्र बैंकले मिलाएको छ। 

ती स्थानहरुबाट प्रतिव्यक्ती २० हजार रुपैयाँसम्म सट्न सकिने जनाइएको छ। राजधानीबाहिरका राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट पनि नयाँ नोट साट्ने बताइएको छ।

विगतमा झैं राष्ट्र बैंकले थापाथलीसँगै तीन  बैंकका शाखाबाट पनि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ। संवैधानिक निकाय, सरकारी कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी लगायत संघ संस्थाको सम्बन्धमा भने संस्थाले पठाएको पत्रको आधारमा मुद्रा व्यवस्थापन विभाग थापाथलीको काउन्टरबाट नयाँ नोट सटहीको व्यवस्था मिलाइएको बैंकको भनाइ छ।

प्रवक्ता पौडलेले विक्तीय संस्थालाई भने असोज १२ गतेदेखि नयाँ नोट साटीदिने बताए। संस्थाको मागअनुसार केन्द्रीय बैंकले नोट सटही गर्ने उनको भनाइ छ । वित्तीय संस्थाहरुले केन्द्रीय बैंकसँग नयाँ नोट साटेर ग्राहकहरुलाई वितरण गर्दै आएका छन्।

राष्ट्र बैंकले राजधानीमा करिब डेढ अर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही गर्ने जानकारी दिएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।