शनिबार, वैशाख १५, २०८१

एसिड आक्रमणबाट घाइते किशोरीको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- एसिड आक्रमणबाट घाइते भएकी रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको छ । काठमडौंको कीर्तिपुर अस्पतालमा उपचाररत १८ वर्षीया सम्झनाको आइतबार राति ११ बजेर ४० मिनेटमा मृत्यु भएको हो । 

उनको गएको एकहप्तादेखि आइसीयूमा उपचार भइरहेको थियो । एसिड आक्रमणबाट उनको शरिर ३५ प्रतिशत भन्दा बढी जलेको थियो । यस्तो अवस्था चिकित्सकीय भाषामा ’मेजर बर्न (गम्भीर जलेको) भनिन्छ । 

मेडिकल भाषामा ’सेप्सिस’ (संक्रमण) अवस्थामा रहेकी उनको स्वासप्रस्वास प्रणालीले काम गर्न छोडेपछि निधन भएको अस्पतालले जनाएको छ । उनको अवस्था सुरुदेखि नै गम्भिर रहेपनि बीचमा केहि सुधारको संकेत देखिएको थियो । 

सम्झनाकी बहिनी १५ वर्षीया सुस्मिताको भने अवस्था सामान्य छ । उपचारपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

घरमा सुतिरहेको अवस्थामा उनीहरूलाई भदौ २६ गते मंगलबार राति करिब १२ बजे अपरिचित व्यक्तिले तेजाब फ्याँकेका थिए। घाइते भएका दुवैजनालाई रौतहटको चन्द्रपुर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।