बिहीबार, वैशाख २०, २०८१

दशैँको मुखमा १० प्रतिशतले गाडी भाडा बढ्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सरकार र यातायात व्यवसायीबीच सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाउने सहमति भएको छ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा शनिबार साँझ उक्त सहमति भएको हो। नयाँ भाडादर आइतबारदेखि नै लागू गरिने भएको छ। 

व्यवसायीहरूले इन्धनको मूल्यवृद्धि फिर्ता लिन या त सार्वजनिक यातायातको भाडा वृद्धि गर्नुपर्ने माग सरकारसँग माग गरेका थिए। सरकारले मूल्यवृद्धि फिर्ता गर्न नसकिने बताएपछि १० प्रतिशत भाडा बढाउने सहमति भएको हो।

भाडा व‍ृद्धिपछि व्यवसायीहरू दशैंका लागि  अग्रिम टिकट बुकिङ खुला गर्न तयार भएका छन्। यसअघि ५ असोजदेखि बुकिङ खुला गर्न व्यवसायीले मानेका थिएनन्। आइतबारदेखि नै बुकिङ खुला हुने भएको छ। यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले नेपाल समयसँग भने, ‘जसरी आइतबारदेखि भाडा दर बढ्ने सहमति भयो, त्यसरी नै बुकिङ पनि खुला गर्ने सहमति भएको हो।’

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार समय सापेक्ष भाडादर कायम गर्न दुई महिनाभित्र प्रतिवेदन दिने गरी यातायात व्यवस्था विभागका प्राविधिक निर्देशकको संयोजकत्वमा समिति गठन गर्ने र २९ मंसिरसम्ममा भाडा समायोजन गर्ने सहमति भएको छ।  वार्तामा यातायात व्यवसायी संघ तथा समितिहरूको रोक्का रहेको बैंक खाताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्च भुक्तानी गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गर्ने सहमति पनि भएको छ। सिन्डिकेट कायम गरेको बताउँदै सरकारले दुर्इ सय ४५ वटा समितिको बैंक खाता रोक्का गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।