शनिबार, वैशाख १५, २०८१

कांग्रेसले विधान संशोधनमा सातै प्रदेशबाट सुझाव लिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय विधान मस्यौदा समितिले तयार पारेको प्रारम्भिक मस्यौदामाथि देशभरबाट सुझाव संकलन गरिने भएको छ। 

सुझाव संकलनका लागि सात प्रदेशका १२ स्थानमा कार्यक्रम गर्ने कांग्रेसको तयारी छ। कार्यक्रमको मिति, स्थान र प्रमुख अतिथि तथा कार्यक्रम संयोजक तय गरिसकेको कांग्रेस केन्द्रीय सचिवालयले जनाएको छ। 

कर्णाली प्रदेश र प्रदेश-७ का लागि १-१ ठाउँमा मात्र सुझाव संकलन गर्ने योजना बनाएको कांग्रेसले अरू पाँच प्रदेशमा भने २-२ स्थानमा कार्यक्रम गर्ने मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले जानकारी दिए।
 
कहिले कहाँ कहाँ हुन्छ कार्यक्रम

सुझाव संकलन कार्यक्रमअन्तर्गत प्रदेश-१ का लागि इलाम र विराटनगरमा कार्यक्रम हुने तय भएको छ। ८ र ९ असोजमा इलाममा हुने कार्यक्रमका लागि गोपालमान श्रेष्ठ प्रमुख अतिथि रहनेछन् भने कार्यक्रमको संयोजन आनन्दप्रसाद ढुंगानाले गर्नेछन्। यस्तै, ११ र १२ असोजमा विराटनगरमा हुने सुझाव संकलन कार्यक्रमको प्रमुख अतिथिमा पूर्णबहादुर खड्का तोकिएका छन् भने कार्यक्रमको संयोजन ढुंगानाले नै गर्नेछन्। 

प्रदेश-२ का लागि जनकपुर र वीरगञ्जमा कार्यक्रम हुने भएको छ। ९ र १० असोजमा जनकपुरमा हुने कार्यक्रमका लागि कृष्णप्रसाद सिटौलालाई प्रमुख अतिथि तोकिएको छ भने कार्यक्रमको संयोजन डा मिनेन्द्र रिजालले गर्नेछन्। यस्तै, वीरगञ्जमा १२ र १३ असोजमा सुझाव संकलन गरिनेछ। उक्त कार्यक्रममा नेता रामचन्द्र पौडेल प्रमुख अतिथि रहनेछन् भने रिजालले नै कार्यक्रमको संयोजन गर्नेछन्। 

प्रदेश-३ अन्तर्गत ८ र ९ असोजमा ललितपुरस्थित कांग्रेस केन्द्रीय कार्यालयमा हुने सुझाव संकलन कार्यक्रमको प्रमुख अतिथि पार्टी सभापति शेरबहादुर देउवा रहनेछन्। कार्यक्रमको संयोजन दिलेन्द्रप्रसाद बडुले गर्नेछन्। ११ र १२ असोजमा धुलिखेलमा हुने कार्यक्रममा कांग्रेसकी केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादव प्रमुख अतिथि रहनेछिन् भने बडुले नै कार्यक्रमको संयोजन गर्नेछन्। 

गण्डकी प्रदेशका लागि पोखरा र बागलुङमा कार्यक्रम गर्ने तय भएको छ। ९ र १० असोजमा पोखरामा हुने कार्यक्रममा महामन्त्री शशांक कोइराला प्रमुख अतिथि रहनेछन् भने नेता फरमुल्लाह मन्सुरले कार्यक्रमको संयोजन गर्नेछन्। यस्तै, १२ र १३ असोजमा बागलुङमा हुने कार्यक्रममा अर्जुननरसिंह केसी प्रमुख अतिथि रहनेछन्। 

प्रदेश-५ अन्तर्गत भैरहवामा ९ र १० असोजमा हुने कार्यक्रमका लागि विजयकुमार गच्छदारलाई प्रमुख अतिथि बनाइएको छ भने रमेश लेखकले कार्यक्रमको संयोजन गर्नेछन्। १२ र १३ असोजमा दाङको घोराहीमा हुने कार्यक्रमका लागि उपाध्यक्ष विमलेन्द्र निधि प्रमुख अतिथि हुनेछन् भने कार्यक्रमको संयोजक लेखक नै रहनेछन् ।
 
कर्णाली प्रदेशअन्तर्गत ८ र ९ असोजमा वीरेन्द्रनगरको सुर्खेतमा कार्यक्रम हुनेछ। कार्यक्रमको प्रमुख अतिथि चित्रलेखा यादवलाई तोकिएको छ भने कार्यक्रम संयोजक मानबहादुर विश्वकर्मा रहनेछन्। यस्तै, प्रदेश-७ को कैलालीमा ११ र १२ असोजमा सुझाव संकलन गरिनेछ। उक्त कार्यक्रममा प्रकाशशरण महत प्रमुख अतिथि र मानबहादुर विश्वकर्मा संयोजक तोकिएका छन्। 

सुझाव संकलनका लागि नेताहरू दिलेन्द्रप्रसाद बडु, आनन्दप्रसाद ढुंगाना र रमेश लेखकले मस्यौदालाई अन्तिम रूप दिइरहेका छन्। उक्त मस्यौदालाई ८ असोजमा सभापति देउवाले पार्टी कार्यालयमा जानकारी गराउनेछन्। 

सुझाव संकलन कार्यक्रममा सहभागिताका लागि जिल्ला सभापति, महासमिति सदस्य, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, प्रतिनिधिसभाका सदस्य, राष्ट्रियसभाका सदस्य, प्रदेशसभा सदस्य तथा भातृ र शुभेच्छुक संस्थाका प्रमुखहरूलाई बोलाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।