शुक्रबार, वैशाख १४, २०८१

प्रदेश २ का मुख्यमन्‍‍‍त्रीले यो संविधान नमान्‍ने !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूहरुलाई संविधान स्वीकार्य नरहेको बताएका छन्। संविधान त्रुटीपूर्ण रहेकोले आफूहरुलाई स्वीकार्य नरहेको राउतले बताए।

सप्तरीको कञ्चनरुप नगरपालिकामा शुक्रबार कार्यकर्ता भेटघाटमा मुख्यमन्त्री राउतले त्रुटीपूर्ण संविधान संशोधन नभएसम्म स्वीकार गर्न नसकिने उल्लेख गरे।

संविधान संशोधनको लागि संघर्ष जारी छ भन्दै सबैलाई आ-आफ्नो ठाउँबाट संघर्ष अगाडी बढाउन राउतले आव्हान गरे । संघर्ष बिना अधिकार सुनिश्चित हुन नसक्ने बताउँदै संघर्षलाई निरन्तरता दिन उनको आग्रह थियो।

संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष समेत रहेका राउतले आफ्नै पार्टीको नेतृत्वमा मुलुकमा संघीयता आएको दाबी गरे । संघीयतालाई संस्थागत गर्ने जिम्मेवारी पनि फोरमले पुरा गर्ने राउतले बताए।

मुख्यमन्त्री राउत ३ असोजमा प्रदेश सरकारले आयोजना गरेको संविधान दिवसको कार्यक्रममा सहभागी भएनन्। राउतको अध्यक्षतामा बसेको मन्त्रीपरिषद बैठकले संविधान दिवसको अवसरमा वृक्षारोपण गर्ने निर्णय गरेको थियो। उक्त कार्यक्रममा मुख्य सचिव, सचिव, उपसचिव लगायतका कर्मचारीहरु सहभागी भएपनि मुख्यमन्त्रीसहित सरकारका मन्त्रीहरु अनुपस्थित थिए।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।