शुक्रबार, वैशाख १४, २०८१

११ डीआईजीका लागि ३३ एसएसपीहरूको दौडधुप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल प्रहरीमा रिक्त ११ नायब महानिरिक्षक (डीआईजी)को पदपूर्तिका लागि तयारी अन्तिम चरणमा पुगेको छ। त्यसका लागि तीन वटा ब्याचका ३३ जना एसएसपीहरू प्रतिस्पर्धामा छन्।

२९ माघ ०४६ मा भर्ना भएका हालका महानिरीक्षक सर्वेन्द्र खनालका सहब्याची चार जना एसएसपी मुख्य दाबेदार छन्। वरिष्ठताका आधारमा पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, हरिभक्त प्रजापति अग्रपंक्तिमा छन्। यस्तै, २५ असार ०४७ मा भर्ना भएका ठाकुरप्रसाद ज्ञवाली, सूर्यप्रसाद उपाध्याय, तारिणीप्रसाद लम्साल र वीरेन्द्र श्रेष्ठ पनि डीआईजी बढुवाका स्वाभाविक दाबेदार हुन्।

त्यसबाहेक, १९ वैशाख ०४९ मा भर्ना भएका २६ जना एसएसपी पनि बढुवाको लाइनमा छन्। त्यस ब्याचमा शैलेश थापा क्षत्री, प्रद्युम्न कार्की, वसन्त पन्त, निरजबहादुर शाही, हरिबहादुर पाल, गणेशबहादुर ऐर, प्रकास अधिकारीलगायत एसएसपीहरू छन्।

गत ३० असारमा आठ जना डीआईजीहरूले ३० वर्षे सेवा अवधी पूरा गरेर अवकाश पाएका थिए। उनीहरू ३० असार ०४५ मा सेवा प्रवेश गरेका थिए। यस्तै, २६ भदौमा पुष्कर कार्की, ठूले राई र धिरु बस्नेत गरी तीन डीआईजी एआईजी बढुवाका लागि सिफारिस भएका थिए।

एसएसपीबाट डीआईजीमा बढुवाको तयारीसँगै आफू नछुट्न दाबेदार एसएसपीहरू दौडधुपमा लागेका छन्। विभिन्न शक्तिकेन्द्रहरूसँग नजिक भएर बढुवा हुने उनीहरूको प्रयास देखिन्छ। केही कनिष्ठ एसएसपीहरू पनि वरिष्ठलाई उछिन्दै बढुवा पाउने दाउमा रहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्रसंघको ७३औं महासभामा भाग लिएर फर्केलगत्तै डीआईजी बढुवाको सरकारी तयारी छ। ६ असोजमा न्युयोर्क उड्ने प्रधानमन्त्री ओली १८ असोजमा स्वदेश फर्किनेछन्।

केही एसएसपीले गृहमन्त्री रामबहादुर थापा निकटका व्यक्तिहरूको फेर समातेर बढुवा हुन दौडधुप गरिरहेको स्रोतको दाबी छ। गृह मन्त्रालय यसअघि पनि प्रहरीमा बढुवाका लागि हस्तक्षेप गरेर विवादमा आएको थियो। खासगरी, डीएसपीबाट एसपी बढुवा गर्दा प्रहरी प्रधान कार्यालयभन्दा गृह मन्त्रालय हाबी भएको देखिएको थियो।

यस पटक पनि बढुवाको सूची प्रहरी मुख्यालय र गृह मन्त्रालयभन्दा बाहिरै तयार हुने जोखिम रहेको स्रोत बताउँछ। सुविधा सम्पन्न होटेलहरूमा बसेर गृहमन्त्री निकटस्थ व्यक्तिहरूले सूची तयार पार्ने चिन्ता डीआईजीका लागि स्वाभाविक दाबेदारहरूमा देखिन्छ।

जबकि, प्रहरी महानिरीक्षक खनालले सरुवा र बढुवामा हुने आर्थिक चलखेललाई निमिट्यान्न पार्ने दाबी गरेका थिए।

एसएसपीबाट डीआईजी बढुवा भएपछि उक्त पदमा १५ वटा दरबन्दी खाली हुनेछन्। त्यसका लागि १२ चैत ०४९ मा इन्स्पेक्टरबाट सेवा शुरु गरेका गोविन्दकुमार साह, जनकराज पाण्डे, सुदीप राजभण्डारी र उमाशंकर पञ्जियार वरिष्ठताका आधारमा स्वाभाविक दाबेदार छन्। त्यसपछि पालो आउँछ, ५ चैत ०५१ मा भर्ना भएका अधिकृतहरूको। उक्त ब्याचमा २६ जना एसपी छन्। भरतबहादुर बोहरा, जनक भट्टराई, सन्दीप भण्डारी, श्यामलाल ज्ञवाली, नरेन्द्रप्रसाद उप्रेती, किरण बज्राचार्य, पोषराज पोखरेललगायत एसपी उक्त ब्याचका छन्।

एसएसपीबाट डीआईजी बढुवाको शृंखला प्रहरी सहायक निरीक्षक (असई)सम्म पुग्नेछ। डीएसपीबाट एसपी, निरीक्षकबाट डीएसपी, नायब निरीक्षक (सई)बाट निरीक्षक र असईबाट सईमा बढुवाको लामै शृंखला शुरु हुन लागेको प्रधान कार्यालय स्रोत बताउँछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।