शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • राजपाको विरोधकाबीच यसरी मनाईयो ५ नम्बर प्रदेशमा संविधान दिवस (फोटो फिचर )

राजपाको विरोधकाबीच यसरी मनाईयो ५ नम्बर प्रदेशमा संविधान दिवस (फोटो फिचर )

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा- संविधान दिवसको अवसर पारेर प्रदेश-५ मा सरकारी र गैरसरकारी संघसंस्थाले संयुक्त र अलग-अलग तरिकाले विभिन्न कार्यक्रम गरेका छन्। दिपावली, प्रभातफेरी मात्रै होइन संविधान दिवसको अवसरमा विभिन्न औपचारीक कार्यक्रम पनि सम्पन्न भएका छन्।

प्रदेश ५ सरकारको आयोजनामा बुटवलमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। प्रभात फेरीमा बुटवल क्षेत्रका संघसंस्था झाकि सहित रयालीमा सहभागी थिए। बजार परिक्रमा पछि बुटवल क्याम्पसमा आयोजित सभालाई मुख्य मन्त्री शंकर पोखरेलले सम्बोधन गर्दै नयाँ संविधानले विधि र नागरिक सर्वोच्चतालाई स्थापित गरेको दाबी गरे। उनले नागरिकको लामो संघर्षबाट हरेक नागरिकले रैतीबाट सम्मानित नागरिकको हैसियत बनाउन सफल भएको जनाए।

नयाँ संविधानले नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रुपमा संस्थागत गरेको जनाउदैं मुख्यमन्त्री पोखरेलले नयाँ संविधानले विगतका सामन्ती अधिराज्यका सबै अवयवहरुलाई अन्त्य गर्दै नयाँ र मौलिक ढंगको शासन व्यवस्थालाई स्थापित गरेको समेत तर्क गरे।

संविधान दिवसको अवसरमा शुभकामना मन्तव्य राख्दै उनले राज्यसत्ताका सम्पूर्ण अधिकार केन्द्रीकृत रहेको एकात्मक व्यवस्थालाई सधैंका लागि अन्त्य गरी राज्यलाई जनताकाबीचमा पुग्ने बलियो आधार नयाँ संविधानले तयार गरिदिएको समेत बताए।



जब संघीय लोकतान्त्रिक गणतन्त्र नागरिकको जीवन पद्धतिको रुपमा स्थापित हुन्छ, त्यसबेला आम नागरिकले लोकतन्त्रको सही अर्थमा रसस्वादन गर्न पाउँनेछन्, आफ्नै जीवनमा राजनीतिक परिवर्तनको सुखद अनुभूति समेत गर्न पाउँनेछन्। संविधानवादतर्फको हाम्रो यात्रा हामी सोही दिशातर्फ अघि वढन संकल्परत छौं भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेशका जनता र समग्र नेपालीलाई शुभकामना दिए।

बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले जनताको बलिदानीबाट प्राप्त भएको संविधानलाई सहि ढंगले कार्यान्वयन गर्ने जिम्मेवारी पनि जनताकै भएको बताए। कार्यक्रममा प्रमुख अतिथीको रुपमा सहभागी भएका प्रदेश प्रमुख उमाकान्त झाले र्‍यालीमा सहभागी भई उत्कृष्टता हासिल गरेकाहरुलाई पुरस्कार वितरण गरेका थिए।

प्रदेश प्रमुख झाले मन्तब्य भने राखेनन्। यता भैरहवामा संविधान दिवसको अवसरमा मिनी म्याराथुन प्रतियोगित सम्पन्न भएको छ। नेपाल भारत सीमावर्ति क्षेत्र दसगजा बेलहिया देखी शुरु भएको म्याराथुनमा प्रथम सुनिल कुर्मी, द्वितीय मोहमद रफिक, तृतिय बलबहादु पुन  भएका छन्। यसैगरी सलिना थापामगर, मौसमी भट्ट र नेहा यादव सान्तनवा भएको आयोजक संस्था लायन्सक क्लब अफ होलिसिटीका अध्यक्ष संगम न्यौपानेले जनाए।

मंगलबार सांझ बुद्धचौंकमा सिद्धार्थनगरको आयोजनामा प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरी सहितको सहभागीतामा दिप प्रज्वलन गरिएको थियो। रुपन्देहीमा विभिन्न संघसंस्थाले संविधान दिवसको अवसरमा खुसीयाली स्वरुप दीपावलि गरेका छन्।



राजपाको विरोध

यता राष्ट्रिय जनता पार्टीले रुपन्देहीमा बुधबार साँझ संविधानको विरोधमा आधा घन्टा ब्लयाक आउट गर्ने जनाएको छ। उक्त पाटिले पत्रकार सम्मेलन गरी सरकारले जबरजस्ती लिएको लागु गरेको संविधान विभेदकारी भएको आरोप लगाउदैं संविधानको प्रति जलाउने समेत तयारी गरेको राजपा जिल्ला अध्यक्ष अजय बर्माले जनाए। पत्रकार सम्मेलनमा संविधान संशोधन नभएसम्म नस्वीकार्ने जनाउँदै त्यसको घोर विरोध गर्ने राजपा नेता प्रशान्त गुप्ताले जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।