शनिबार, वैशाख १५, २०८१

वृक्षारोपण गरेर प्रदेश २ सरकारले मनायो संविधान दिवस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- प्रदेश २ सरकारका मन्त्री र सरकारमा संवद्ध दलहरुले संविधान दिवसको विरोध गरिरहेपनि सरकारले संविधान दिवस मनाएको छ । प्रदेश सरकारले वृक्षारोपण गरी संविधान दिवस मनाएको हो ।

प्रदेश सरकारकै निर्णय अनुसार संविधान दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरिएपनि मन्त्रीहरु उपस्थित भएनन् । मुख्यमन्त्रीसहित मन्त्रीहरु संविधान दिवसको अवसरमा आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा उपस्थित नभएपछि प्रदेशका प्रमुख सचिव राजेश्वरमान सिंहले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

२८ भदौमा बसेको मन्त्रीपरिषद बैठकले वृक्षारोपण गरेर संविधान दिवस मनाउने निर्णय गरेको थियो । प्रदेश सरकारको निर्णय अनुसार संविधान  दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव हरि फुयाँलले जानकारी दिए । वृक्षारोपण कार्यक्रममा विभिन्न मन्त्रालयका सचिव, उपसचिव, सुरक्षा निकायका अधिकारी लगायतका व्यक्तिहरुको उपस्थिति थियो । यस अवसरमा मुख्यमन्त्री आवास परिसरमा वृक्षारोपण गरिएको फुयाँलले बताए ।

संविधान दिवसबारे प्रदेश २ मा सत्तासाझेदार दलहरु दुई कित्तामा बाँडिएका छन् । सरकारको नेतृत्व गरिरहेको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान दिवसको विरोध नगर्ने बताएका छन् । यद्यपी उनकै पार्टीका तराई–मधेश कमिटीका संयोजक रेणु यादवले ब्ल्याक आउट गरेर संविधान दिवसको विरोध गर्न आह्वान गरेकी छिन् ।

यता सरकारमा सहभागी अर्को दल राजपाले भने संविधान दिवसको विरोधमा कार्यक्रम गरिरहेको छ । राजपाले विरोध प्रदर्शन र साँझ ब्ल्याक आउट गर्न भनेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।