शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • पश्चिम सेती परियोजना अघि बढाउन समिति गठन, थ्री गर्जेजलाई विदा 

पश्चिम सेती परियोजना अघि बढाउन समिति गठन, थ्री गर्जेजलाई विदा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं–सरकारले ७५० मेगावाटको पश्चि मसेती जलाशय जलविद्युत परियोजनाको उपर्युक्त ढाँचा(मोडालीटी) सिफरिस गर्न उच्च स्तरिय समिति गठन गरेको छ। मंलबार केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ३२ औं बैठकले चाईना थ्री गर्जेजले ईन्टरनेशनल कर्पोरेशन (सीटीजीआई) परियोजना  अघि बढाउन अनिच्छा व्यक्त गरेको भन्दै उच्च स्तरीय समिति गठान गरेको हो ।

बोर्डको बैठकले परियोजना विकासका लागि उपर्युक्त मोडालिटी लगायत तयार गरी शिफारिश गर्न उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, अर्थमन्त्री डा. युवराज खतिवडा र बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी रहेको उच्चस्तरिय समिति गठन गरेको छ ।

समितिलाई उपयुक्त ढाँचा तयार गरी सरकारलाई शिफारिश गर्ने जनाइएको छ । थ्री गर्जेजले थप शर्तहरु अघि सारेपछि सरकार आफै  परियोजना अघि बढाउन अघि सरेको छ ।

त्यस्तै बोर्ड बैठकले लगानी बोर्डले सहजीकरण गरिरहेका पूर्वाधार परियोजनाको लागि चाहिने अवश्यक पहुँचमार्ग, पुल, संचार, प्रशारण लाईन लगायत अन्य पूर्वाधार निर्माण सम्बन्धी कार्य छिटो सम्पन्न गर्न सम्बन्धीत विकासकर्ताले नै निर्माण गर्ने निर्णय गरेको छ ।

त्यस वापतको खर्च सरकारले पछि मिलान गर्ने अवधारणा सम्बन्धमा आवश्यक कार्यविधि तयार गरी मन्त्रिपरिषद समक्ष सिफारिस गर्न पनि लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको हो ।

काठमाडौंको दहचोक, भक्तपुर र पोखरामा अन्तर्राष्ट्रिय स्तरको होटल निर्माण गर्न विकासकर्ता कम्पनी जापान क्लव इन्टरनेशनल प्राइभेट लिमिटेडलाई करिब १३ करोड ९८ लाख अमेरीकी डलर बराबर १५ अर्ब रुपैयाँ बढी लगानी ल्याउन स्वीकृति गर्ने निर्णय गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्