शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अधिकारका लागि संगठित हुन दलित समुदायलाई निधिको आव्हान

अधिकारका लागि संगठित हुन दलित समुदायलाई निधिको आव्हान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले दलित समुदायलाई संगठित र एकजुट हुन आह्वान गरेका छन्। निधिले संगठित र एकजुट भएमात्र अधिकार सुनिश्चित हुन सक्ने भन्दै दलित समुदायलाई एक भएर अगाडी बढ्न आग्रह गरेका हुन्।

नेपाल दलित संघ प्रदेश २ को आयोजनामा मंगलबारदेखि जनकपुरमा शुरु भएको दुई दिने प्रशिक्षण कार्यक्रमको उदघाट्न गर्दै उपसभापति निधिले अधिकारका लागि शिक्षामा पहुँच बढाउनमा जोड दिए।

अहिलेको युगमा छुवाछुत राजनीतिक र सामाजिक अपराध रहेको उल्लेख गर्दै निधिले समुदायमा रहेका सबैखाले विकृति अन्त्य गर्न चौतर्फी सहयोगको खाँचो रहेको बताए। नेपाली कांग्रेस छुवाछुट मुक्त समाजको पक्षमा विगतदेखि आवाज उठाउँदै आएको दाबी गर्दै कांग्रेसले जातपातको राजनीतिमा विश्वास गर्ने पार्टी नरहेको उनले स्पष्ट पारे।

एक फरक प्रसंगमा उपसभापति निधिले वर्तमान सरकार दुई तिहाईको दम्भमा सर्वसत्तावाद र अधिनायकवादतर्फ अगाडी बढ्दै गएको बताए। प्रदेश सरकारलाई अधिकार सम्पन्न बन्न नदिएर संघीय सरकारले संघीयता समाप्त पार्ने षडयन्त्रमा रहेको उनको दावी थियो ।

कार्यक्रममा नेपाल  दलित संघका राष्ट्रिय अध्यक्ष मिनबहादुर विश्वकर्मा, कांग्रेस केन्द्रीय सदस्य महेन्द्र यादव, रामकृष्ण यादवलगायतका नेताहरुले सम्बोधन गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।