शनिबार, वैशाख १५, २०८१

अछाममा छ महिने बालकमाथि एसिड प्रहार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
अछाम- अछाममा ६ महिने बालकमाथि एसिड प्रहार गरिएको छ। जिल्लाको तुर्माखाद गाउँपालिका-४ चिसिका ६ महिनाका बालक मुस्कान बयकलाई घरमा सुताइ राखेको अवस्थामा अपरिचित व्यक्तिले मंगलबार बिहान ११ बजेतिर एसिड प्रहार गरेको जनाइएको छ।

'कोरिसिभ’ नामक केमिकल अनुहारमा फ्याँकेपछि बालकको अवस्था गम्भीर भएको छ। 

’घरमा छोरालाई छोडेको पाँच मिनेट मात्रै यस्तो घटना भएको थियो। अरु घरमा कोहि थिएन,’ आमा देवसरा बयकले भनिन्, 'म भैंसीलाई पानी खुवाउँदै थिएँ । छोरा रोएपछी घर आएँ। उसलाई निकै गाह्रो भैसकेको थियो।’ श्रीमान पनि खेतबारीको काममा निस्केको मौकमा छोरामाथी आक्रमण भएको उनको भनाइ छ।

घरबाट नजिकको स्वास्थ्य संस्थामा लिँदा त्यताबाट कमलबजार रेफर गरेको र कमलबजारबाट जिल्ला अस्पतालमा पुर्‍याउँदा अवस्था गम्भीर भइसकेकाले नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा रेफर गरिएको अस्पतालका डा मनोज बिष्टले बताए।

'यहाँ अक्सिजन दिनेलगायतका सामान्य उपचारपछि तुरुन्त रेफर गरिसकेका छौँ,’ डा बिष्टले भने, ’भ्यान्टिलेसन उपकरण र विषेशज्ञ डाक्टर भए यतै उपचार सम्भव हुन्थ्यो।’ बालकमाथि भएको घटना जिल्ला अस्पताल पुगेपछि थाहा पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको प्रहरी नायव निरीक्षक टेकबहादुर रावतले बताए। 

यसअघि रौतहटमा दुई बालिकामाथि एसिड प्रहार भएको थियो। प्रहरीका अनुसार जिल्लाको चन्द्रपुर नगरपालिका-६ का सम्झाना दास र सुस्मिता दासमाथि एसिड प्रहार भएको हो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।