शुक्रबार, वैशाख १४, २०८१

सशस्त्र प्रहरीमा एकसाथ ३७ हजारको सरुवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सशस्त्र प्रहरीमा पहिलो पटक सबै एकाइ अर्थात् ३७ हजार जनशक्तिको जिम्मेवारी हेरफेर गरिएको छ । सशस्त्र प्रहरीमा हाल करिब ३७ हजार दरबन्दी छ ।

सरुवा हुनेमा अतिरिक्त महानिरीक्षक (एआईजी)सहित सिपाहीसम्म छन् । लामो समयदेखि रोकिएको सरुवा प्रक्रियालाई महानिरीक्षक शैलेन्द्र खनालले खुला गरेका हुन् । साउनबाट शुरु भएको सरुवा प्रक्रिया र एकाइ स्थापना गर्ने काम एक महिनामा सम्पन्न भएको छ ।

सशस्त्र प्रहरीको इतिहासमा यति ठूलो संख्यामा सरुवा गरिएको यो पहिलो पटक हो ।

संगठनलाई चुस्त र प्रभावकारी बनाउन समग्र जिम्मेवारी परिवर्तन गरिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ । महानिरीक्षक खनालले नेतृत्व सम्हालेसँगै संगठन सुधारका कार्यक्रम अगाडि बढाएका थिए ।

खासै चर्चामा नआउने अर्धसैनिक संगठन सशस्त्र प्रहरीलाई संविधानअनुसार केन्द्र सरकारको मातहतमा राखिएको छ । तत्कालीन विद्रोही माओवादीविरुद्ध लड्ने उद्देश्यले ०५८ सालमा स्थापना भएको सशस्त्र प्रहरीले हाल सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण, विपत व्यवस्थापन, औद्योगिक सुरक्षा, आपराधिक क्रियाकलाप नियन्त्रण, दंगा नियन्त्रण, भीभीआईपी र भीआईपी तथा महत्वपूर्ण पुरातात्विक संचनाको सुरक्षाको जिम्मेवारी पाएको छ ।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सशस्त्र प्रहरी सहभागी छ । शान्ति मिसनमा पनि प्रभावकारी संगठनको परिचय बनाएको छ ।

गत २७ जेठको क्याबिनेट बैठकले सशस्त्र प्रहरीको पुनर्संरचना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार यसअघि पाँच विकास क्षेत्रमा रहेका वाहिनी अड्डाहरूलाई सातै प्रदेशमा विस्तार गरिएको छ । यस्तै, काठमाडौं उपत्यकामा एउटा वाहिनी खडा गरिएको छ । वाहिनीको नेतृत्व सशस्त्रका डीआईजी गर्छन् ।

संगठन पुनर्संरचना अभियानअन्तर्गत् तीन महिनामै मुलुकभर नौ सयभन्दा बढी सशस्त्र प्रहरीका एकाइ स्थापना भइसकेका छन् । ती एकाइका लागि एकसाथ करिब नौ हजार जनशक्ति परिचालन भएको छ । संगठनलाई थप प्रभावकारी बनाउन पाँच वटा नयाँ तालिम केन्द्र स्थापना गरिएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)को नेतृत्वमा रहने गुल्मको संख्या ३८ बाट ५६ पु¥याइएको छ । बोर्डर आउट पोस्ट (बीओपी)को संख्या दुई सय १० बाट बढाएर ६ सयभन्दा बढी पु¥याइएको छ । बीओपीको कमान्ड सशस्त्र प्रहरी निरीक्षकले गर्छन् ।

यसैगरी, विगतमा प्रदेश–१ र प्रदेश–६ मा सीमित सशस्त्र प्रहरी क्षेत्रीय अस्पताललाई विस्तार गरी सातै प्रदेशमा स्थापना गर्ने काम तीव्र बनाइएको मुख्यालयले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।