शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दशैंको मुखमा फेरि बढ्यो इन्धनको मूल्य, केमा कतिले वृद्धि ?

दशैंको मुखमा फेरि बढ्यो इन्धनको मूल्य, केमा कतिले वृद्धि ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपालीहरुको महानपर्व दशैँ नजिकिदै जाँदा सरकारले पुनः इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेलमा मूल्य बृद्धि गरेको हो । निगमका अनुसार पेट्रोलमा दुई रुपैयाँ, डिजेल र मट्टितेलमा समान ३ रुपैयाँ बृद्धि गरिएको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोईतले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै स्वचालित मूल्य प्रणालीअनुसार मूल्य बढाएको जानकारी दिए । उनकाअनुसार  पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्य बढेको छ । जसअनुसार प्रतिलिटर पेट्रोलमा २, प्रतिलिटर डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढेको छ ।

मूल्य बढेपछि काठमाडौंको नयाँ खुद्रा विक्रीमूल्य पेट्रोलको प्रतिलिटर ११४, डिजेल र मट्टितेलको १०१ पुगेको छ । हवाई ईन्धन र खाना पकाउने एलपि ग्याँसको मूल्य भने यथावत राखिएको छ ।

उक्त समायोजन पश्चात पनि निगम अझै घाटामा रहेको निगमका अधिकारीहरुको दावी छ । उनीहरुका अनुसार निगमलाई अझै पेट्रोलमा प्रति लि २.९२, डिजेलमा २.७२ र  खाना पकाउने एलपि ग्याँसमा प्रति सिलिण्डर ३०९.७९ घाटा छ । समग्रमा निगमलाई १५ दिनमा करीब ३१ करोड ६७ लाख घाटा हुने निगमको भनाइ छ । 

निगमकाअनुसार पछिल्लो १५/२० दिनमा अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा युयस डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमुल्यन भएको र सोही मुताविक इण्डियन आयल कर्पोरेशनबाट १६ सेम्टेम्बरमा प्राप्त मूल्य बढेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको हो । 

यो समायोजन पश्चात भारतको रक्सौल भन्दा नेपालको वीरगंज तर्फको सिमा मूल्यमा पेट्रोलमा प्रतिलिटर २९.४४ र डिजेल २८.४४ ले नेपालतर्फ सस्तो हुने निगमको दावी छ ।

इन्धनको मूल्यवृद्धि भएसंगै यातायात ब्यबसायीले दशैँको मुखमा सवारी साधानको भाडा द।र बढाउने तयारी गरेका छन् । उनीहरुले पुरानै मुल्यमा यात्रु ओसार्न नसक्ने बताउँदै आएका छन् । 
 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।