शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल र न्यूरो कार्डियो हस्पिटलबीच छुटसम्बन्धी सम्झौता

ग्लोबल र न्यूरो कार्डियो हस्पिटलबीच छुटसम्बन्धी सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेड र न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटल विराटनगरबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो।

उक्त सम्भौतापत्रमा न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटलका सञ्चालन निर्देशक राजेश भट्टराई र ग्लोबल आइएमई बैंक विराटनगरको शाखाप्रबन्धक शशि शेखर शर्माले हस्ताक्षर गरेका हुन्।
 
ग्लोबल आइएमई बैंकले आफ्नाग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्तअन्य सुविधाहरु प्रदानगर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्नखाले योजनाहरु ल्याईरहेको छ।

उक्त सम्झौतापश्चात न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटलका, विराटनगरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक, ग्लोबल आइएमई बैंकका कर्मचारी तथा ग्राहकका परिवारजनले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने छन् ।  

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले १३२ शाखा, १३७ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०२ शाखारहित बैंकिङ् सेवा र देश बाहिर ३ प्रतिनिधि-सम्‍पर्क कार्यालय माफर्त आफ्ना ९ लाखभन्दा बढी ग्राहकहरु माझ सेवा प्रदानगर्दै आइरहेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्