शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भन्सारमा समेत गएनन् कर्मचारी, कार्यालय सहयोगीले चलाउँदै

भन्सारमा समेत गएनन् कर्मचारी, कार्यालय सहयोगीले चलाउँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
पशुपतिनगर- इलामको सूर्योदय नगरपालिका–१ स्थित मानेभञ्ज्याङ छोटी भन्सार कार्यालय सहयोगीको भरमा चलेको छ । पूर्वी पहाडी क्षेत्रको पशुपतिनगर भन्सार कार्यालय इलामअन्तर्गत रहेको छोटी भन्सार कार्यालय एक जना कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको हो । 

चार जना कर्मचारीले सञ्चालन गर्ने मानेभञ्ज्याङ छोटी भन्सार कार्यालयमा अहिले कार्यालय सहयोगी लाउरे धिमाल मात्रै कार्यरत छन् । नेपालबाट तरकारी, जडीबुटी निर्यात हुने र भारतबाट दैनिक उपभोग्य सामग्री आयात हुँदै आएको मानेभञ्ज्याङ नाकामा दरबन्दीअनुसारको कर्मचारी नहुँदा चोरी तस्करी बढेको छ । 

भन्सार कार्यालयमा जनशक्ति नहुँदा राजश्व पनि न्यून मात्रै सङ्कलन हुँदै आएको छ । अघिल्ला वर्षमा राजश्व लक्ष्यअनुसार सङ्कलन भए पनि कर्मचारी कम हुँदा अहिले मासिक रु २० देखि २५ हजार मात्रै सङ्कलन हुँदै आएको कार्यालय सहयोगी धिमालले बताए ।  

छोटी भन्सार कार्यालयको आफ्नै भवन जीर्ण भएपछि अझै निर्माण भएको छैन । २०६८ साल असोजमा गएको भूकम्पबाट कार्यालयको भवन क्षतिग्रस्त भएपछि कार्यालय अहिले भाडामा बस्दै आएको छ । भवन निर्माणका लागि धेरै पटक अनुरोध गरिए पनि अझैसम्म काम नभएको सूर्योदय नगरपालिका– १ का वडाध्यक्ष राजकुमार श्रेरेङले बताए ।  

पशुपतिनगर भन्सार कार्यालयका निमित्त प्रमुख सुरेश थपलियाका अनुसार दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्यालय सहयोगी खटाइएको हो । पशुपतिनगर भन्सार कार्यालयमा १७ जना कर्मचारीको दरबन्दी रहे पनि अहिले नौ जना मात्रै कार्यरत रहेका छन् । रासस
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।