शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • नेप्सेमा हरियाली छायो, परिसूचक ११.६९ अंक बढ्दा कारोबार ९१ करोड 

नेप्सेमा हरियाली छायो, परिसूचक ११.६९ अंक बढ्दा कारोबार ९१ करोड 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं–नेप्से बजारमा हरियाली छाएको छ । यस साताको कारोबार भएको पहिलो दिन नेपाल स्टक एक्स्चेन्ज(नेप्से) ११.६९ अंक बढेर एक हजार २५६.५३ विन्दुमा पुगेको छ । नेप्से बजारमा आएका सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से परिसूचक बढेको हो ।

गएको साताको अन्तिम दिन बिहीबार १४.१३ अंक बढेर एक हजार दुई सय ४४.८४ विन्दुमा पुगेको थियो ।‘क’ वर्गका कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत २.६६ अंक बढेर  २६६.९३ विन्दुमा पुगेको छ ।

आइतबार नेप्से बजारमा १६६ कम्पनीहरुको ८ हजार ९१६ कारोबारबाट ३० लाख ७० हजार २३१ शेयरको खरिदबिक्री हुदा ९१ करोड ५२ लाख ९२ हजार २०४ रुपैयाँ बराबरको कारोबार भएको छ ।


सबै समूह हरियो


नेप्से बजारमा अएका १० समूह मध्ये सबै समूहहरु हरियो भएका छन् । जसमा सबैभन्दा बढी लाईफ इन्स्योरेन्स समूहको परिसूचक ४८.५ अंक बढेर पाँच हजार ६२०.७१ विन्दुमा पुगेको छ । बैंकीङ समूहको परिसूचक १३.७१, होटल समूहको परिसूचक ४.३५, विकास बैंक समूहको परिसूचक २०.८९, हाइड्रो पावर समूहको परिसूचक ६.५४ अंक बढेको छ । 

त्यस्तै फाइनान्स समूहको परिसूचक ३.११, ननलाइफ इन्स्योरेन्स समूहको परिसूचक २०.१८, उत्पादनमुलक समूहको परिसूचक २६.५१,  अन्य समूहको परिसूचक ०.५४ र माइक्रोफाइनान्स समूहको परिसूचक ८.३१ अंक बढेको छ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्