शुक्रबार, वैशाख १४, २०८१

भारतीय कारोबारी नेपालमै आएर बिक्री गर्छन् लागूऔषध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- भारतसँग खुला सिमानाको फाइदा उठाउँदै कैलालीमा सीमा केन्द्रित लागूऔषध कारोबार मौलाएको छ।

नेपाल लागूऔषधको राम्रो बजार भएकाले भारतीयहरूले खुल्ला सिमानाको फाइदा उठाएर सञ्जाल फैलाउँदै छन्। प्रहरीका अनुसार पछिल्लो समय लागूऔषध कारोबार तथा सेवनमा संलग्न कैलालीका युवा बढ्दो क्रममा छन्। नेपालभित्रै आएर भारतीय गिरोहले लागूऔषध बिक्री गर्ने गरेको प्रहरीको तथ्यांकले पुष्टी गर्छ।

जिल्ला प्रहरी कैलालीको पछिल्लो चार वर्षको तथ्यांकअनुसार लागूऔषधका एक सय ४४ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये दुई सय २५ जना प्रयोगकर्ता छन्, जसमा ४६ मुद्दा चरेस र बाँकी खैरो हेरोइन, ब्राउन सुगर, नाइट्रोभेट, स्पास्मोप्रक्सोभन, कोरेक्स, अपिडोल, क्यापटपका छन्।

कैलाली कारागारका अनुसार हालसम्म २९ कैदी र तीन थुनुवा गरी ३२ भारतीय नागरिक कारागारमा छन्। तीमध्ये १६ जना लागूऔषध मुद्दाका हुन्। प्रहरीका अनुसार उनीहरू सबै कैलालीमा लागूऔषधसहित पक्राउ परेका हुन्। 

भारतीय कारोबारीले कैलाली हुँदै काठमाडौंसम्म लागूऔषध पुर्‍याउने गरेको एसपी विनोद घिमिरेले बताए। भारतको तिकुनियामा बस्ने एक सरदारले विभिन्न माध्यमबाट नेपाल पठाउने गरेको प्रमाणित भए पनि अर्को देशको नागरिक भएकाले पक्राउ गर्न नसकिएको उनले जानकारी दिए। 

‘कैलाली लागूऔषध प्रयोगकर्ता र देशका अन्य ठाउँमा पठाउन भारतीय कारोबारीले उपयुक्त स्थलका रूपमा लिने गरेका छन्,’ एसपी घिमिरेले भने, ‘प्रहरी नियन्त्रणका लागि निकै सक्रिय भएर लागेको छ।’

केही समयअघि तिकुनिया हुँदै टीकापुरबाट किताबका पानाभित्र लागूऔषध हालेर पोको पारी बसमा काठामाडौं पठाउँदै गर्दा प्रहरीले बरामद गरेको थियो। त्यस क्रममा लागूऔषध लिन आएका दुई जना पक्राउ परेका थिए।

प्रहरीका अनुसार लागूऔषध कारोबारमा काठमाडौमा सक्रिय त्यही समूहले आईएमईमार्फत् कैलालीमा एउटै खातामा ४२ लाख रुपैयाँ पठाएको खुलेको थियो। एसपी घिमिरेका अनुसार उक्त रकम भारतबाट लागूऔषध खरिद गर्ने उद्देश्यले पठाइएको खुलेको छ। 

लागूऔषध मुद्दामा पक्राउ परेका अधिकांश भरिया मात्र रहेको प्रहरीको अनुसन्धानले देखाएको छ। कैलालीमा नयाँ पुस्तामा लागूऔषध प्रयोगको लत बढ्दै गएको छ। परिवार र अभिभावकको हेलचेक्रयाईं र निगरानी अभावमा किशोरावस्थाको पुस्ता लागूऔषधको कुलतमा फस्दै जान थालेको छ।

खासगरी, मावि तहमा अध्ययनरत पुस्तामा लत बढ्दो क्रममा पाइएको छ। उक्त पुस्तालाई लक्षित गरेर कारोबारी पनि बढ्दै गएका छन्। प्रहरीका अनुसार सेवनकर्तामा १३–१४ वर्षदेखि २५–२६ वर्ष उमेर समूहका युवायुवती बढी देखिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।