शुक्रबार, वैशाख १४, २०८१

कुलमान भन्छन्- अब बत्ति झ्याप्प जाँदैन् 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले झ्याप्प बत्ति नजाने गरि विद्युत प्राधिकरणले काम गरिरहेको बताएका छन् । लोडसेडिङ अन्त्य भएपनि बेलाबेला झ्याप्प झ्याप्प बत्ति जाने गरेको भनेर सर्वसाधरणले गुनासो गरिरहेका बेला घिसिङले यस्तो बताएका हुन् । 

 ‘जलविद्युत्को क्षेत्रमा हालसम्म भएका उपलब्धिहरू एवं देखिएका चुनौती’ विषयक अन्तरक्रियामा बोल्दै निर्देशक घिसिङले विद्युत सप्लाईको पुरानो तरिका बदल्नु पर्नेमा जोड दिए । काठका पोल, शहरमा देखिएका नाङ्गा तार हटाइ जमीनमुनिबाट विद्युत् लाइन वितरण गरिनेमा जोड दिँदै उनले नेपालको जलविद्युत् परियोजनालाई विस्तार गरेर केही वर्षमा विद्युत् निर्यात गर्न सक्ने अवस्थामा पु¥याइने पनि बताए ।  

 उनले प्रमुख सरकारी कार्यालयहरुमा बेलाबेलामा भइरहने विद्युत् कटौतीलाई अन्त्य गरी चाँडै नै कहिल्यै पनि विद्युत् नजाने बनाउने तयारी भइरहेको पनि जानकारी दिए । उनले भने, “अहिले पनि राष्ट्रपति तथा प्रधानमन्त्री निवास र सिंहदरबारमा बेलाबेलामा बत्ती जाने गरेको छ”, कार्यकारी निर्देशक घिसिङले भने, “ अब ती क्षेत्रमा कहिल्यै बत्ती नजाने गरी काम गरिरहेका छौँ ।” 

उनले विद्युत् वितरणलाई भरपर्दो बनाउन अन्य क्षेत्रमा पनि विद्युत् नजाने गरी आफू लागिपरेको बताए । “अहिले साना प्रसारण क्षमताबाट वितरण भएको विद्युत्लाई भरपर्दो र दिगो समाधानका लागि क्षमता बढाएर गुणस्तरीय बनाउन लागिरहेका छौँ”, कार्यकारी निर्देशक घिसिङले भने, “यसबाट बेलाबेलामा विद्युत् जाने समस्या हट्नुका साथै निरन्तर विद्युत् पनि दिन्छौँ ।” 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्