बिहीबार, वैशाख २७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रहरी अड्डा त्रिपालमा, प्रतिष्ठानलाई पनि उपराष्ट्रपति निवास बनाइने

प्रहरी अड्डा त्रिपालमा, प्रतिष्ठानलाई पनि उपराष्ट्रपति निवास बनाइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- तीन वर्ष पहिले २०७२ मा गएको शक्तिशाली भुकम्पले क्षति पुर्‍याएपछि बिस्थापित बनेको महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखा अहिलेसम्म त्रिपालबाट कार्यसम्पादन गरिरहेका छन् । तर, सरकारले भने प्रहरी कार्यालयको उचित व्यवस्थापनको साटो प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई पनि विस्थापित गरी सो स्थानमा उपराष्ट्रपतिको कार्यालय बनाउने गरी तयारी थालेको छ । 

सरकारले एक सय ६५ रोपनीमा रहेको महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान  ‘एकेडेमी’ अथात तालिम केन्द्रलाई काभ्रेको पनौतीमा सार्ने र सो स्थानमा उपराष्ट्रपति कार्यालय बनाउने तयारी सहित काम थालेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरीको तालिम केन्द्र पनौती लैजाने र प्रहरी तालिम केन्द्रलाई उपराष्ट्रपति भवन बनाउने निर्णय गरेको हो ।

नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखा हाल टेकुस्थिति निजी पार्टी प्यालेस सासा बैंकटको त्रिपालबाट सञ्चालन हुदै आएको छ । वसन्तपुरस्थित हनुमान ढोकामा रहेको अपराध महाशाखा भुकम्पबाट बिस्थापित भएर टेकु पुगेको हो । महाशाखा र परिसरलाई कुन स्थानमा र कसरी व्यवस्थित बनाउने भन्ने विषयमा भने सरकारले अहिलेसम्म कुनै निर्णय लिएको छैन ।

नेपाल प्रहरीमा पछिल्लो समय थपिएका दुई विभाग साईबर क्राईम ब्युरो र ह्यूमन ट्राफिकिङ ब्यूरोका लागि सम्पूर्ण तयारीसहित आवश्यक दरबन्दी व्यवस्था भएपनि कार्यालयको अभावका कारण व्युरोले कामै गर्न सकेको छैन ।

भूकम्पबाटै विस्थापित भएको महानगरीय प्रहरी परिसर पनि टेकुको नेसनल ट्रेडिङ कर्पोरेसनको जीर्ण भवनमा छ । नेपाल प्रहरीका पुर्वमहानिरिक्षक हेमबहादुर सिंह नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानसँगै जोडिएका अन्य संरचनाबाट छुट्टाउदा संरचनानै अधुरो जस्तो बन्ने भएकाले सरकारले सोचेर काम गर्नुपर्ने सुझाव दिन्छन् ।

टेकुस्थित नेसनल ट्रेडिङ परिसरमा रहेको प्रहरी परिसर ।

‘प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई पनौती सार्ने बिषयमा हामीले पहिलेदेखि पहल गरेका हौं, महाराजगञ्जमा रहेको एक सय ६५ रोपनी जग्गा विभिन्न तालिमका लागि साँघुरो भएकाले त्यसको विकल्प खोजिएको हो,’ सिंहले भने, ‘प्रहरीका अन्य कार्यालय प्रशिक्षण प्रतिष्ठानमासँगै रहनु रहनुपर्छ, प्रहरी प्रतिष्ठानसँग  नेपाल प्रहरीको पहिले देखिनै भाबनात्मक सम्बन्ध जोडिएकाले उपराष्ट्रपति कार्यालयका बारेमा विकल्प खोज्नुपर्छ ।’

भारतीय सरकारको आर्थिक सहयोगमा २४ बर्ष पहिले काभ्रेको पनौती नगरपालीका-६ दलिन चौकस्थित करिब एक हजार दुई सय रोपनी जग्गामा प्रहरी प्रशिक्षमा सार्ने निर्णय भएको थियो । भारत सरकारको निर्णय कार्यान्वयन नहुँदा प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने योजनानै अलपत्र परेको छ ।

महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान एक सय ६५ रोपनी क्षेत्रफलमा फैलिएको भएपनि प्रहरीले एक सय १५ रोपनीलाई मात्र प्रयोग ल्याएको छ । ५० रोपनी जग्गा भने राष्ट्रपति भवन शितल निवासले ओगटेको प्रहरी अधिकारीको दावी छ । 

प्रशिक्षण प्रतिष्ठानसहित केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरीको संगीत महाविद्यालय, सशस्त्र प्रहरी गण नं-२, नेपाल प्रहरी कुकुर विद्यालय, नेपाल प्रहरी विधी विज्ञान प्रयोगशाला, मोटर ट्रान्सपोर्ट ईकाई तथा नेपाल प्रहरी अस्पताल एक आपसमा जोडिएर रहेका छन। 

जानकारका अनुसार नेपाल प्रहरीको नेतृत्व कमजोर भएको बेला प्रहरीमा दीर्घकालिन असर पुग्ने निर्णय हुदै आएका छन । तत्कालीन सुर्यबहादुर थापा प्रधानमन्त्री हुँदा प्रतिष्ठान सार्ने प्रस्ताब रोकेका थिए । बेला-बेलामा प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने विषय कार्यान्वयनमा भने आएको थिएन ।

नेपाल प्रहरीका पुर्वप्रमुख अच्युतकृष्ण खरेल पनि सरकारको प्रहरी प्रतिष्ठान सार्ने निर्णय कार्यान्वयन नहुने जिकिर गर्छन । ‘प्रहरी प्रशिक्षण प्रतिष्ठान बनाउदा आफ्नो हात उठेको ठेला अझै हटेको छैन,’ खरेलले नेपाल समयसँग भने, ‘यसमा प्रहरीको भाबनात्मक ऐतिहासिकता जोडिएकाले सरकारले आफ्ने निर्णय तत्काल फिर्ता लिनुपर्छ ।’

झण्डै एक दशकको राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा बिताएका पूर्वप्रहरी अधिकृत रवीन्द्रनाथ रेग्मी पनि सरकारले प्रहरी र संगठनको भावना बुझेर प्रतिष्ठान सार्ने विषयको निर्णय लिनुपर्ने बताउँछन् । ‘राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुख कार्य मध्ये नवप्रवेशी प्रहरी अधिकृत उत्पादन गर्नु एक हो,’ उनले भने, ‘यस कार्यको लागि छुट्टै र व्यवस्थितस्थान तय गर्ने ध्येयले एउटा शाखामात्र पनौतीमा सार्ने हो।’

प्रतिष्ठानमा नेपाल प्रहरीसहित प्रशासन मातहतका निजामती कर्मचारी तथा जिल्ला प्रसाशन कार्यालय प्रमुखहरुले पनि विशेष तालिम लिने गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।