शनिबार, वैशाख १५, २०८१

स्थानीय तहमा बल्झिदैँछ करवृद्धिको समस्या 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम-‘गाउँगाउँमा सिंहदरबार’ नारासहित अधिकारसम्पन्न बनाइएपनि अहिले आएर स्थानीय तहहरु करवृद्धिको समस्यामा बल्झिदै गएको छ । 

स्थानीय तहमा ठुलो संख्यामा रहेका जनप्रतिनिधि तथा प्रशासनिकलगायतका खर्च धान्न करवृद्धि गर्नुपर्ने स्थानीय तहको बाध्यता बनेको छ भने सर्वसाधारण नागरिक मारमा परेका छन् ।

झल्नै नसक्ने गरी करवृद्धि हुनथालेपछि विभिन्न राजनीतिक दल तथा सर्वसाधारण यसको विरोधमा ओर्लिएका छन् । केहिदिन पूर्वमात्र थेग्नै नसक्ने गरी करवृद्धि गरिएको भन्दै नेपाली कांग्रेस नगर समिति जनकपुर उपमहानगरपालिकाविरुद्ध आन्दोलनमा उत्रियो । 

र, सातदिने अल्टिमेटम दिँदै उपमहानगरपालिकाको हरेक वडामा दुई दिन धर्ना दियो । अन्ततः उपमहानगरपालिका करवृद्धि विरुद्ध आन्दोलनमा होमिएका कांग्रेससँग वार्ता गर्न बाध्य भयो । २५ भाद्रमा दुबै पक्षहुने अन्तिम चरणको वार्तामा करवृद्धिसम्बन्धमा ठोस निर्णय निस्कने अपेक्षा गरिएको छ ।

शुक्रबारमात्रै धनुषाको शहीदनगर नगरपालिकाले जथाभावी करवृद्धि गरेको भन्दै संशोधनगर्न माग गर्दै नेपाली कांग्रेस नगर समितिले नगरपालिका प्रमुख उदय बरबरीयलाई ज्ञापनपत्र बुझाएको थियो ।

यसैगरी धनुषाकै मिथिला बिहारी नगरपालिकाले मनोमानी रुपमा जनताको ढाड सेक्नेगरी करवृद्धि गरेको भन्दै नेपाली कांग्रेस नगर समितिले विरोध जनाएको छ । 

नगरपालिकाले अवैज्ञानिक तरिकाबाट करवृद्धि गरेको भन्दै कांग्रेस नगर समितिले नगरप्रमुख अनिलकुमार यादवलाई आइतबार ज्ञापनपत्र बुझाएको छ ।

नगरपालिकाले उद्योगी, व्यवसायी र आम नागरिकलाई विस्थापित हुनेगरी एकीकृत सम्पत्तिको नाममा करवृद्धि गरेको कांग्रेसको आरोप छ । नागरिकको आफ्नो स्वामित्वमा रहेको घर जग्गाका लागि नगरपालिकाले प्रस्तावित गरेको दर रट अस्वभाविक र जिल्ला मालपोत कार्यालयले तोके बमोजिम नरहेको र त्यसले जनतालाई प्रत्यक्ष असर पार्ने भएकोले करवृद्धिसम्बन्धी निर्णय संशोधनगर्न नगर संयोजक राजेन्द्रप्रसाद यादवले जनाए ।

नगरप्रमुख यादवलाई ज्ञापनपत्र बुझाउन नेपाली कांग्रेस धनुषाका उपसभापति संतोष यादव, पूर्व जिल्ला सचिव कोमलकान्त झासहित सयौंको संख्यामा कांग्रेस कार्यकर्ता तथा स्थानीयहरु पुगेका थिए । ज्ञापनपत्र बुझाउन गएको टोलीलाई कार्यालयमा प्रवेशगर्न अवरोध गरेपछि प्रहरी र कांग्रेस कार्यकर्ताबीच सामान्य झडपसमेत भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।